Tuesday, March 2, 2021
Home > जीवनशैली > दाइको न्यायको लागि सामाजिक संजालमा यतिबेला खुलेरै लाग्ने यी हुन् श्री एयरलाइन्सकि पाइलट दुर्गा! (हेर्नुस् तस्विरहरू)

दाइको न्यायको लागि सामाजिक संजालमा यतिबेला खुलेरै लाग्ने यी हुन् श्री एयरलाइन्सकि पाइलट दुर्गा! (हेर्नुस् तस्विरहरू)

पथरी। मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणको मिसिलमा अर्कै व्यक्तिको तस्बिर संलग्न गराइएपछि घटनाले नयाँ रूप धारण गरेको छ । मृतकका परिवारले आरोपीलाई उन्मुक्ति दिनका लागि प्रहरीले प्रमाण नष्ट गर्न खोजेको आरोप लगाएका छन् । मिसिलमा अर्कै व्यक्तिको तस्बिर टाँसिएको जानकारी पाएलगत्तै आफन्त तथा स्थानीय छिमेकीले उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयअगाडि आइतबार र सोमबार प्रदर्शन गरे ।

श ङ्कास्पद मृत्यु भएका प्रवीण बास्तोलाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले मिसिल फाइलमा २ महिनापछि असम्बन्धित व्यक्तिको तस्बिर रहेको आफन्तले फेला पारेपछि प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले इन्स्पेक्टर उद्धव पोख्रेलको नेतृत्वमा अनुसन्धान गर्दै आएको २ महिनापछि आफन्तले मिसिल फाइल हेर्न माग्दा अर्कै व्यक्तिको फोटो रहेको पाइएपछि परिवारसहित स्थानीय आन्दोलित भएका हुन् ।

सोमबार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पनि पीडितको विपक्षमा अभिव्यक्ति दिएपछि स्थानीयले आलोचना गरेका छन् । नगर प्रमुख फागोले पी डितको विपक्षमा उ त्तेजक अ भिव्यक्ति दिएपछि स्थानीय आ क्रोसित बनेका थिए । प्रवीण गत पुस ५ गते मृत फेला परेका थिए । मृत्यु हुँदाको समयमा उनीसँगै रहेका संदिग्ध व्यक्तिहरूलाई प्रहरीले अनुसन्धान नगरी छाडेको आरोप लाग्दै आएको छ । यता प्रहरीले पनि फोटो भूलवश परिवर्तन भएको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले गल्ती स्वीकार गरे ।

व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पी डित परिवार र स्थानीयवासीले जिज्ञासा राख्दा प्रहरीले ला परबाही गरेको पाइएको थियो । मिसिलमा समावेश गरिएको मृतकको तस्बिरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहीबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरीविरुद्ध ना’राबा’जीस’मेत गरेका थिए । मृतक फेला पर्दा उनको ग ला’मा सि’क्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको तस्बिर घटना मु’चुल्का’मा सं’लग्न गरेको पाएपछि स्थानीय आ क्रोसित बनेका हुन् ।

परिवारका अनुसार सुरुमा प्रहरीले दो षी प त्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आ’रो’पित सबैलाई छोडिदिएको छ । मृतकका बुबा प्रेमप्रसादले यो घटना क र्तव्य ज्या न हो भनेर दा’बी गर्ने आधार प्रस्तुत गर्दै भने, ‘पुस ४ गते घरबाट निस्किएको छोरा ५ गते ११ बजेतिर अ’ज्ञा’त नम्बरबाट फोन गरेर म-यो भनेर खबर आयो, यसबाट हामीले के बुझ्ने ?’ उनले प्रहरीले पनि आफूहरूलाई पटकैपिच्छे फरक–फरक जानकारी तथा सूचना दिँदै आएकाले पनि प्रहरीमाथि श ङ्का रहेको बताए । छोरा म-यो भन्ने थाहा पाए पनि परिवारले उनको शव चाहिँ उर्लाबारीको गोदावरी अस्पतालमा भेटेका थिए ।

‘त्यहाँसम्म प्रवीणलाई कसले ल्यायो भन्नेसम्म हामीलाई थाहा छैन’ –प्रेमप्रसादले भने । घटनामा जोडिएका पी डक भनिएकाहरू छाडिएपछि मृतक परिवारले सामाजिक सञ्जालमा प्रहरीप्रति आ क्रोस पोखेको थियो । यद्यपि परिवारले अस्पताल स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘प्रवीणको मृत्यु भएको ३४ घण्टापछि मात्र एम्बुलेन्समा राखेर अस्पताल पु-याएको हो ।’

पी डित परिवारले किटानी जाहेरी दिन पटक–पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर उद्धव पोख्रेलले उल्टै थ र्काएको मृतक प्रवीणकी बहिनी दुर्गा बास्तोलाले बताइन् । ‘प्रमाण न ष्ट गर्ने र अ पराधीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ’–दुर्गाले भनिन् ।

घटनाअनुसार प्रवीण पुस ४ गते बेलुका घरनजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलोमिटर पूर्वको सौरभी होटलमा प्रवीण पुग्छन् र त्यहाँ अरू व्यक्तिहरूसँग रक्सी खान्छन् । र’ ‘क्सी प्रवीणले मात्र खा’ए’को दा’बी प्रहरीको छ । यद्यपि जिउ था’म्न न’स’क्ने गरी र’ ‘क्सी पि”एको व्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रवीण बदाम जुस लिन स्कुटर चढेर अलि परसम्म पुगेको बताइन्छ । तीनवटा बदाम जुस लिएर प्रवीण कहाँ पुगे ।

न त प्रहरीको अनुसन्धान बोल्छ, न उनको घटनामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन् । त्यति मात्र होइन, मद्रासी फिल्मीशैलीमा मा र्ने योजनाका लागि प्रवीणलाई भोलिपल्ट जि स्क्याउने भन्दै घु रे को भिडियो खिच्छन् । मध्यरातको १२ बजे बनाएको भिडियो अहिलेसम्म प्रवीणका बाबुआमाले हेर्न पाएका छैनन् । त्यति मात्र होइन । १ बजेर १० मिनेट जाँदा प्रवीणको मोबाइलबाट अ ज्ञात नम्बरमा २० रुपैयाँ ट्रान्स्फर गरिन्छ ।

होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दीपेश पौडेल, राजेश रणपहेली र प्रवीण मात्र रहेको भनिए पनि त्यहाँ अरू केही व्यक्ति पनि भएको बास्तोला परिवारको दाबी छ । घटनामा संलग्नहरू कोही बिभिन्न कारोबारमा पटक–पटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मा रे र फ रा र भएको पृष्ठभूमिका मानिस भएकोले यिनैले घटना घटाएको परिवारको आ रोप छ ।

अहिले सामाजिक सञ्जालमा मात्र होइन ठूला मिडियाहरुले पनि चासो दिएका छन् । उर्लावारीमा करिब २ महिना अघि निधन भएका प्रविण वस्तोलाको घटना थप र ह स्य म भएको । उनको वहिनी सदिक्षा वास्तोला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रहरी कार्यालयवाट गरेको लाइभ भिडियोमा प्रहरीले मिसिलमा नक्कली तस्बिर राखेको कुरा प्रसारण गरीदिएपछि अहिले सो घटना चर्चामा आएको हो ।

प्रविणको वहिनी सदिक्षाले प्रहरीले मिसिल तयार पार्दा नै गलत तरिकाले तयार पारेको जनाएकी छन् । उनले मिसिलममा आफ्नो दाईको तस्बिर नभएर अरुकै तस्बिर राखेर मु द्दा कमजोर पार्ने को शिष गरेको बताएकी छन् । उनले त्यस विरुद्ध आवाज उठाउँदा प्रहरीले आफुहरु माथि नै या त ना दिएको बताएकी छन् । उनले सक्कली मिसिल देखाउन आग्रह गरेको बताएकी छन् ।

उनले फोटोशपवाट अर्कै फोटो तयार पारेर मिसिलमा राखेको सदिक्षाको भनाई छ । उनले सक्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । उर्लावारी प्रहरीले सक्कली फाइल जिल्ला पठाइसकेको बताएपछि अब जिल्लामै गएर वा स्त विकता के हो खोज्ने बताएकी छन् ।

प्रहरीले फाइलमै ग लत प्र माण राखेर आफ्नो दाईको ह त्या गर्नेहरुलाई प्रहरीले नै संरक्षण गरेको आ रोप प्रवीणको वहिनीको भनाई छ । उनले सो घटनाका बारेमा प्रहरीले नै छा नविन समिति गठन समेत गरिएको भएपनि आफुलाई त्यस बारेमा थाहा नभएको बताएकी छन् । बहिनि दुर्गा पेशाले पाइलट रहेको खुलेको छ । उनको फेसबुकमा राखेको तस्विर अनुसार श्री एअरलाइन्सको पाइलट रहेको देखिन्छ ।

तस्विरहरूमा हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *