इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात मृत्यु भएको छ । बैदेशिक रोजगारका क्रममा इजरायलमा कार्यरत झापा निवासी साबित्रा घिमीरे लुइटेलको ब्रेन ह्यामरेजका कारण सोमबार निधन भएको बताइएको छ ।
झापाली समाज इजरायलको वरिष्ठ उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक काममा समेत सक्रिय रहेकी साहित्यकार घिमीरेको अकस्मात मृत्युले इजरायलबासी नेपालीहरुको शोकमा परेको भन्दै इजरायलबाट अन्तराष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष बि.बि तामाङले दुःख व्यक्त गरेका छन् ।
हार्दिक श्रद्धान्जली ! इजरायलवासी सम्पूर्ण नेपालीहरु शोकमा ।
वैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत नेपाल स्थित झापा निवासी साबित्रा घिमिरे लुइटेलको अकास्मत निधन भएको छ । निधनको कारण ब्रेन ह्याम्पार भन्ने जानकारीमा आएको छ ।
गत बुधबार झापाली समाज इजरायलको अधिवेशनमा कार्यक्रम सञ्चालिका साबित्रा घिमिरे लुइटेलले शुभकामना सन्देश राख्नको लागि मलाई उत्घोष /नाम लिएर बोलाउनु भएको पलको संवाद नै अन्तिम भयो ।
अधिवेशनबाट झापाली समाज इजरायलको वरिष्ठ उपाध्यक्षमा चयन समेत भएकी थिईन् । साथै विभिन्न संघसंस्थामा आवद्ध समाजसेवी एबम् साहित्यकार साबित्रा लुइटेल घिमिरेको अकास्मत निधनको दुःखद खबरले स्तब्ध भएको छु ।
वहाँको चिर-आत्माले शान्ति मिलोस् , ओम् मणि पेमा हुङ् री …..