Friday, July 16, 2021
Home > समाचार > OMG….रोल्पामा एक व्यक्तिले श्रीमतीलाई घाटीमा खुकुरी प्रहार गरेर हत्या

OMG….रोल्पामा एक व्यक्तिले श्रीमतीलाई घाटीमा खुकुरी प्रहार गरेर हत्या

रोल्पा – पश्चिम रोल्पामा एक व्यक्तिले आफ्नो श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको छ ।पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । सुत्ने बेलामा घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाए । जिल्ला प्रहरी कार्यालयका अनुसार अभियुक्त सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!