Saturday, February 27, 2021
Home > जीवनशैली > मिलनको खुशी साट्ने बेलामा श्रीमानको शव कसरी श्रीमतिलाई बुझाउनु?

मिलनको खुशी साट्ने बेलामा श्रीमानको शव कसरी श्रीमतिलाई बुझाउनु?

काठमाडौं, फागुन ९- दुबईमा सवारी दुर्घटनामा एक नेपाली युवाको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका-३ खुज्नाबारी घर भएका कैलाश बिश्वकर्माको गत फेब्रुअरी ४ तारिखमा सवारी दुर्घटनामा निधन भएको हो । कम्पनीको कामबाट फर्कैदै गर्दा सवारी दुर्घटनामा उनको निधन भएको थियो । १८ दिन पहिले निधन भएका बिश्वकर्माको श’व आज साँझ १० बजे नेपाल आइपुग्ने पारिवारिक श्रोतले हाम्रोसंचारलाई बताएको छ । मृ’त क कैलाश बिश्वकर्माको श’व श्रीमती मनु सापकोटाले सँगै लिएर आउदैछन् ।

मृ त कको श’ व आजै राती गाउँसम्म पुर्याउने र भोली बिहान दाहसंस्कार गरिने बताइएको छ । बिगत ३ बर्षदेखि दुबईमा कार्यरत कैलाशले आफु परदेशमा एक्लै भएकोले केहि गर्न नसक्ने भन्दै श्रीमतीलाई पनि दुबई बोलाएका थिए । कम्पनीमा कार्यरत श्रीमान र श्रीमतीको बसाई करिब १ घण्टाको दुरीमा रहेको थियो । पारिवारिक श्रोतका अनुसार उनीहरु केहि दिनपछि नेपाल आउने तयारी गरिरहेका थिए ।

श्रीमानको निधनपछी विक्षिप्त बनेकी मृ’त’क’ की श्रीमती सापकोटाले फेसबुकमा भावुक स्टाटस लेखेकी छन् । उनले आफ्नो घरको पिलर ढलेको र सबैको बाँच्ने सहारा यति छिटै खोसेको भन्दै भगवानसँग गुनासो गरेकी छन् । साथै उनले कलिलो उमेरमै सिउँदोको सिन्दुर पुछिएकाले समाजले बिधवा, अलक्षिनी आईमाई भन्ने होला भन्दै बिलौना समेत गरेकी छन् ।

हेर्नुहोस् उनकी श्रीमती मनु सापकोटाले फेसबुकमा लेखेको मार्मिक स्टाटस
म एक्लै केहि गर्न नसक्ने भए मलाई तिम्रो साथ चाहियो बुडि भनेर मलाई बिदेश ल्याउनु भो, तर आज मलाई यहि बिदेशी भुमिमा एक्लै छाडेर सधैको लागि टाढा हुनु भयो मेरो बुडो । दुई बुडाबुडी हास्दै रमाउदै घर जाने बेला म बाकसमा लास लिएर कसरी फर्किउ । मेरो हजुर हजुरसँग सम्बन्ध जोडेको पनि जम्मा ६ बर्स त भयो । किन यति छोटो समयमा मलाई एक्लै बनाएर जानु भयो । मेरो बाबा मर्नुभन्दा २ दिन पहिले मेरो डिउटीमै १० मिनेट भेटेर जानु भयो । त्यो नै अन्तिम भेट भयो ।

तपाईलाई भेट्न आउछु भनेर पकाएको मासु भात अरुले नै खाए । हजुरलाई भनेर किन्देको रक्सी अझै तेत्तिकै छ । ७ घन्टा मात्रै केहि नभैदिए म मेरो बाबालाई भेट्थे । किन यति धेरै निष्ठुरी भयौ भगवान । मेरो घरको पिलर ढाल्यौ, हामी सबैको बाच्ने सहारा यति छिटै किन खोस्यौ भगवान ? किन यति धेरै निस्ठुरी भयौ भगवान ? मेरो यो उमेरमा सिउदोको सिन्दुर पुछियो । मेरो बाँच्ने आधार भत्कियो । अब समाजले मलाई बिधबा भन्ने होला । अलक्षिनी आईमाई भन्ने होला ।

म दुनियाँको अपमान सहेर कसरी बाचौला । हजुरले त हामिलाई छाडेर जानु भयो । मेरा अगाडिका ठुला-ठुला जिम्मेवारी म कसरी पुरा गरूँ । मेरो दुधे नानीलाई म एक्लै कसरी हुर्काउ । हामिलाई जकेट लाएर चिसो हुन्छ, कम्बल ओडेर चिसो हुन्छ । झन् हजुर त चिसो बरफमा हुनुहुन्छ । हजुरलाई झन कति धेरै चिसो भएको होला मेरो बुडो ।

दिनमा १०० पटक काली भन्दै फोन गर्नुहुन्थ्यो । अब त हजुरको फोन आउनै छाड्यो । बिदेशको ठाउमा छु, मलाई सम्हालिदिने कोहि छैन भनेर आफैले आफैलाई सम्हाले तर अब त सम्हाल्न सकिन । सिरिफ ६ दिन भयो हजुरले मलाई छाडेर जानु भएको । यो ६ दिन त मेरा लागी ६ बर्ष झै लाग्यो भने अझै पुरा जिन्दगी बाँकी छ ।

हजुर बिना म कसरी बाँचु । अब मेरो लागि आकाश खस्यो, धर्ती फाट्यो संसाररै अध्यारो भयो । मेरो कर्ममा सुख र माया पाउन लेखेको रहेनछ, त्यसैले यति छिटै भगवानले टपक्क टिपेर लिनु भयो । यो जुनिमा लामो समय हजुरको माया र साथ पाउन सकिन, अर्को जुनि धेरै लामो आयु लिएर आउनु अनी धेरै माया र साथ दिनु ल । मेरो प्यारो मान्छेलाई म अभागी बेसहाराको धेरै-धेरै माया छ, जुनि जुनिसम्म हजुरको स्वर्गमा बास होस । मेरो बुढो, मेरो काले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *