Saturday, February 27, 2021
Home > समाचार > ७ वर्षका बालकको अ’पहर’ण पछि मागे बाउ र मामाले नै १ करोड फिराैती, यसरी गरियो ७ घण्टामै उद्दार

७ वर्षका बालकको अ’पहर’ण पछि मागे बाउ र मामाले नै १ करोड फिराैती, यसरी गरियो ७ घण्टामै उद्दार

काठमाडौ । धनुषामा आफ्नै ७ वर्षको छोरा अ पह र ण गरेको अभियोगमा प्रहरीले उनकै बुवा सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालकका मामा पनि छ । प्रहरीले बालक हराएको ७ घण्टामै एक होटलको कोठावाट उद्दार गरेको हो । जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान हराएका बालकको खोजी गर्दै जाँदा उनलाई होटलको कोठामा राखिएको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।

उनलाई जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ । जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएपछि प्रहरीमा उजुरी परेको थियो । छोरा लिएर गएकाहरुले १ करोड रुपैया मागेका थिए । पैसा मागेर फोन आएपछि उनी अ पह रण मा परेको खुलेको थियो ।

सूचना पाएलगत्तै खोजीमा जुटेको प्रहरीले जनकपुरवाटै फेला पारेर उद्दार गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए । बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले बालककै बुवा र दुई जना मामालाई पक्राउ गरेको हो । एउटा मामाको नाम लक्ष्मेश्वर दास हो भने अर्का मामाको नाम खुलेको छैन । थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *