Saturday, November 27, 2021
Home > समाचार > भर्खरै आयो यस्तो खबर , सवारी दुर्घटनामा परी २५ जनाको मिर्त्यु

भर्खरै आयो यस्तो खबर , सवारी दुर्घटनामा परी २५ जनाको मिर्त्यु

कार्तिक ०८/ सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५÷०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् । गत साउन महीनामा चार वटा सवारी दुर्घटनामा तीनजनाको, भदौ महीनामा १४ दुर्घटनामा सात जनाको र असोज महीनामा ११ दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराका अनुसार सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेत नहुनुुलगायत कारणले दुर्घटना बढेको हो । आव ०७२/०७३ मा १५५ सवारी दुर्घटनाबाट १२१ जनाले ज्यान गुमाएका थिए । त्यस्तै आव ०७३/०७४ मा १८४ दुर्घटनामा १३२ ले र आव ०७४/०७५ मा १६४ सवारी दुर्घटनाबाट १६६ ले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्क छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!