Saturday, February 27, 2021
Home > जीवनशैली > ४ वर्षकि छोरीको कानको मुन्द्रा समेत लिएर श्रीमति हिडिन्, कतारबाट घर फर्कदा छोरीको यस्तो बिजोग देखेर भक्कानिए बिरवहादुर (भिडियो हेर्नुस्)

४ वर्षकि छोरीको कानको मुन्द्रा समेत लिएर श्रीमति हिडिन्, कतारबाट घर फर्कदा छोरीको यस्तो बिजोग देखेर भक्कानिए बिरवहादुर (भिडियो हेर्नुस्)

एजेन्सी । अचेल बिदेशमा श्रीमान हुने महिलाहरू परपुरूषसँग लागेर भाग्ने खबर निकै सुन्न पाइन्छ । यस्तो घटना पढ्नुहास । सरिता थोकार आफ्नो ४ वर्षकी छोरी लिएर सिन्धुली वजारमा बस्थिन् । सिन्धुलीका विर वहादुर घिसिगंले उनलाई पहिलो पटक देखेकी भरमा सरितालाई मन पराए । उनले प्रेम प्रस्ताव राखे दुवै जनाको मन मिलेपछि विवाह भयो । विवाह पछि उनले श्रीमतीलाई वजारमा डेरा लिएर राखे । सानो छोरी पनि जन्मिइन् । उनी परिवारका लागि पैसा कमाउन भनेर वैदेशिक रोजगारीका लागि गए ।

अहिले छोरी जेनिशा ४ वर्षकी भइन् । उनी विद्यालय समेत जान थालेकी छन् । आमाको काखमा लुटुपुटु गर्नुपर्ने छोरीको अहिले काख खोसिएको छ । उनलाई आमा कहाँ छन् भन्ने पनि थाहा छैन । छोरीलाई तिमी नरोइ बस म तिमी ठूली भएपछि लिन आउँछु भनेर हिँडेको उनको श्रीमानले बताएका छन् । छोरी अहिले आमाको पर्खाइमा छन् । **समाचारको पुरा भिडियो तल हेर्नुहोला***

उनलाई संधै विद्यालय लैजाने ल्याउने ममी छैनन् । उनले ममी काठमाडौ जानु भएको छ भन्छिन् । तर उनको जिवनमा आमाको काख खोसिएको थाहा छैन । वैदेशिक रोजगारीमा रहेका विरवहादुर अहिले घर फर्केका छन् । श्रीमती हराएपछि उनी सानो छोरी बोकेर श्रीमतीको खोजीमा छन् । आफ्नो घर गाउँमा भएकाले श्रीमतीलाई अप्ठेरो होला भनेर वजारमा कोठा लिएर राखेको उनको भनाई छ ।

श्रीमती घर छोडेर जानु अघि काठमाडौ गइरहने गरेको आफुले थाहा पाएको बताए । उपचार गर्न जाने वहानामा उनी काठमाडौमा अर्कै पुरुषसंग घुम्न थालेको बताए । उनले आफु विदेशवाट आएपछि राम्रो अस्पताल लैजान्छु भनेपछि हुन्छ भनेकी श्रीमती श्रीमानलाई थाहा नदिएरै काठमाडौ जान थालेको पनि उनको भनाई छ ।

श्रीमतीको मोवाइल पनि संधै अफ हुने गरेको पनि उनको भनाई छ । आफु नभएको बेलामा दाई भन्दै युवक आउने गरेको अहिले छिमेकीले बताएका छन् । छोरीले पनि आफुलाई धेरै कुरा भनेको श्रीमानको भनाई छ । छोरीको कानमा लगाएको मुन्द्रा र श्रीमानले विदेशवाट ल्याएको टिभी समेत लिएर गएको उनको भनाई छ । आफुले विदेशवाट अहिले सम्म ८ लाख १० हजार रुपैया पठाएको प्रमाण रहेको पनि विरवहादुरको छ ।
**समाचारको पुरा भिडियो तल हेर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *