Thursday, December 9, 2021
Home > समाचार > भर्खरै धरानबाट आयो यस्तो खबर, प्रहरीको यस्तो सफलता- पूरा हेर्नुहोस

भर्खरै धरानबाट आयो यस्तो खबर, प्रहरीको यस्तो सफलता- पूरा हेर्नुहोस

धरान / ठूलो मात्रामा पटका सहित तीन भारतीयलाई धरान प्रहरीले प्रक्राउ गरेको छ । केरा बोकेर ल्याएको ट्रकका बीचमा लुकाएर धरान भित्र्याएको २१ बोरा विभिन्न प्रकारका विस्फोटक पदार्थ (पटका) सहित धरान १० धर्मपथ पुरानो एम्स कलेज अगाडिबाट तीन जना भारतीय नागरिक प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिसपी सुमन तिम्सिनाले जानकारी दिनुभयो ।

प्रक्राउ पर्नेमा भारत पूूर्णिया घर भएका हाल धरान १० धर्मपथमा रहेको कुमारी सुनुवारको घरमा डेरी गरी बस्ने बर्ष २५ का पाण्डव दास भनिने राजकुमार दाश, भारत अररियाका ३५ बर्षीय अरविन देव र भारत मदिपुरा घर भएका ३५ बर्षीय दिलिप दाशलाई आज विहीबार विहान साढे १० बजे प्रक्राउ गरिएको उहाले जानकारी दिनुभयो ।

५० केजीको बोरामा प्याक गरी खोर्साने बम, रकेट बम, झिरझिरे लगायतका २१ बोरा विस्फोटक पदार्थको १० लाख भन्दा बढी मूल्य पर्ने बताइएको छ । प्रक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिताको परिच्छेद ७ को दफा १३९ ३ को ग अनुरुप सामन्य विस्फोटक पदार्थ उत्पादन तथा कारोबार अन्तर्गत कारबाही गरिने डिसपी तिम्सिनाले बताउनुभयो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!