Saturday, February 27, 2021
Home > भिडियो > मुस्लिम गायक अलिफ खानको आवाजमा ‘छुदिन म जाले रुमाल‘ सार्बजनिक (भिडियोमै हेर्नस्)

मुस्लिम गायक अलिफ खानको आवाजमा ‘छुदिन म जाले रुमाल‘ सार्बजनिक (भिडियोमै हेर्नस्)

सुबिन अधिकारी //बिगत १० बर्ष देखि गित संगीतकै निमित्त दिनरात अहोरात्र खटिरहेका अलिफा खानको सपना अहिले आएर पुरा भयको छ। बिभिन्न गित संगीतलाई माया गर्ने अलिफ खान धर्मका अनुसार उनि मुस्लिम हुन। मुस्लिम समुदायमा गाउन र नाच्न निषेध छ तर पनि उक्त धर्मलाई आफ्नो पाटोमा राख्दै गित संगीतकै यात्रामा अघि बढिरहे।

१० बर्ष सम्म गित संगीतमा केहि उपलब्धि नपाए पछि विदेश जाने निर्णयमा थिए अलिफ खान। आज सम्म उनले थुप्रै गीतमा आवाज दिएता पनि उनको सफलता भने शुन्य नै थियो। एक्कासि एउटा अन्तरबार्ताले उनको जिवनमा नया मोड आयो। सामाजिक संजाल भरि अलिफ खानकै चर्चा हुन थाले। उक्त चर्चा संगै संगीतकार अर्जुन पोखरेलले २ ओटा गित गाउन दिने निर्णय गरे।

उक्त २ ओटा गित मध्य आज एउटा गित सार्बजनिक भएको छ। सुमधुर स्वरका धनि अलिफ खानको आवाजमा बहुप्रतिभाशाली कलाकार अर्जुन पोख्रेलको लय सिर्जनामा प्रतिभाशाली सर्जक नारायण कईलो को शब्द सिर्जनामा अलिफा खानको नया गित जाले रुमाल सार्बजनिक भयको छ।

भिडियो तर्फ बिधान कार्कीको निर्देशन रहेको छ भने उत्सब दाहालको छायांकन रहेको छ र उक्त भिडियोको सम्पादन भने बिकास दाहालले गरेका छन्। उक्त गीतमा इन्जामा अलि खान र श्रया सिटौलाको अभिनय रहेको छ।

उक्त गीतको भिडियो निकै नै राम्रो र गुणस्तरिए बनेको छ। यक्त भिडियोलाई डिभाइन म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

भिडियो हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *