Sunday, December 5, 2021
Home > समाचार > बुवाले मुग्लिङ पुलबाट हाम्फाले, सडकमा यस्तो छ परिवारकाे रूवाबासी, सवारी समेत जाम

बुवाले मुग्लिङ पुलबाट हाम्फाले, सडकमा यस्तो छ परिवारकाे रूवाबासी, सवारी समेत जाम

काठमाडौँ। दशैँमा परिवारमा रूवाबास पारेर एक बृद्धले मुग्लिन पुलबाट हाम फालेर संसार छाडेका छन् । मुग्लिन बजारमा दशैंको चहलपहल थियो । दशैंका यात्रुको सवारी चापले मुग्लिन बजार र सडक भरिएको थियो । मुग्लिन बजारहुँदै पोखरा तर्फ लाग्ने पुलमा दिनभर सवारी चाप हुन्थ्यो । सबेरै बिहानको सुनसान मौकामा एक वृद्धले पुलबाट हाम फालेर आफ्नै प्राण लिए । हेटौडा घर भएका माइला भोटेको घरमा दशैँको रमझम सुरू भएको थियो ।

तर उनी एकाएक चटक्कै घर छाडेर हिडे । ६५ बर्षीय यी बृद्धले मुग्लिन पुलबाट हाम फालेर आफ्नो जीवनलिला समाप्त पारे । अरूका घरमा दशैँ भित्रिदै थियो तर माइला भोटे घरबाट वेपत्ता भएपछि उनको घरमा रूवावास चल्यो ।दशैंको ९ दिन पहिले हेटौडास्थित आफ्नो घरबाट हिडेका माइलालेले मुग्लिनको एक पसलमा बिहानै चुरोट किनेका थिए । उनको विछिप्त अवस्था देखेर स्थानीयले उनको तस्बिर खिचेर फेसबुकमा राखेका थिए । त्यही दिन उनले मुग्लिन पुलमा चप्पल चिनो छाडेर त्रिशुली नदीमा हाम फालेका उनका ठूला ज्वाइँ प्रेमबहादुर बमजनले बताए ।

परिवारले कैयौं दिन माइला भोटेलाई खोज्यो । पुलबाट हाम फालेको थाह पाएपछि त्रिशुलीमा खोजी गर्दा पुलदेखि करिव ५ किलोमिटर टाढा किनारामा शव तैरिएको देखेपछि परिवारको रूवावासीले मुग्लिन–नारायणगढ सडकमै जाम हुनेगरी यात्रु र सवारी साधन रोकिए । सडक किनारामा परिवारका सदस्यको रूवावासी चलिरहेको थियो भने त्यसको ठिक तल त्रिशुली किनारामा बृद्धको शव तैरिरहेको थियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!