Wednesday, November 30, 2022
Home > बिजनेस > राजमार्गका होटेलमा खाना खान बस्दा थालमै किरा भेटिएपछि यस्तो बबाल…

राजमार्गका होटेलमा खाना खान बस्दा थालमै किरा भेटिएपछि यस्तो बबाल…

भरतपुर । ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका धमिरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए। राजमार्गका होटलले चरम लापरवाही रहेकाे सर्वविदितै छ ।

यसरी लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन्। राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन्। तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरिँदै अाएकाे विशेष रिपाेर्ट अन्नपूर्ण पाेस्ट दैनिकमा तुलमान गुरूङले लेखेका छन् ।

लामो यात्राका बसले लेवाटार, कुरिनघाट, कुरिनटार, मुग्लिन, जुगेडी, रामनगरलगायत क्षेत्रमा यात्रुलाई खाना खुवाउँछन्। तिनमा बासी र फोहोर खाना खुवाउने क्रम रोकिएको छैन।

Leave a Reply