Tuesday, July 13, 2021
Home > भिडियो > बहराइनमा हुने नेपाली सांगीतिक साँझमा बुद्ध लामा , काउली बुढी र हाउडेमाया आउँदै

बहराइनमा हुने नेपाली सांगीतिक साँझमा बुद्ध लामा , काउली बुढी र हाउडेमाया आउँदै

कृष्ण हमाल/बहराइन

नेपाली क्लब बहराइनको स्तरमा सुधार , नेपालमा रहेका अपांग बालबालिकाहरुको सहयोगार्थ बहराइनको रास्ट्रिय दिवसको अबसरमा १६ डिसेम्बर २०१८ का दिन नेपाली क्लब बहराइनले आयोजना गरेको “नेपाली सांगीतिक साँझ -२०१८ “ को लागि नेपाल आइडल सिजन १ बिजेता तथा नेपाल र नेपालीहरुको गर्बको शान चर्चित गायक बुद्ध लामा,चर्चित हास्य तथा लोक गायिका सन्ध्या बुढामगर (काउली बुढी) , चर्चित आधुनिक तथा लोकपप गायिका सिर्जना खत्री ( हाउडे माया ) बहराइन ल्याएर कार्यक्रम गर्ने औपचारिक निर्णय गरेको नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रमको बारेमा डिसी नेपाल बहराइन संवाददातासंग संक्षिप्त कुरा गर्दै नेपाली क्लब बहराइनका महासचिव राजु पहारीले बहराइनबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैलाई उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिनुहुनको लागि विशेष अनुरोध गरे। त्यस्तै कार्यक्रममा नेपाली स्थानीय विभिन्न कलाकारहरुको प्रस्तुती रहने जानकारी आयोजक नेपाली क्लब बहराइनले जनाएको छ ।

उक्त कार्यक्रमको डिसी नेपाल अफिसियल मिडिया पाटनर हो ,कार्यक्रमलाई डिसि नेपालले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । जसले गर्दा संसारभरका दर्शकलेहरुले उक्त कार्यक्रम हेर्न सक्नेछन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!