Saturday, February 27, 2021
Home > जीवनशैली > यस्तो दुर्लभ घटनाः यी महिलाले चौथो पटक पनि शल्यक्रिया मार्फत नै बच्चा जन्माइन्

यस्तो दुर्लभ घटनाः यी महिलाले चौथो पटक पनि शल्यक्रिया मार्फत नै बच्चा जन्माइन्

काठमाडौं । बैतडीकी एक महिलाले चौथो पटक शल्यक्रिया गरी सन्तान जन्माएकी छिन् । निकै जटिल मानिने चौथौ सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्। बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराएकी हुन्।

मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन। तर अहिले म साह्रै खुसी छु। दुई पटकसम्मको खेर गएको थियो’, उनले भनिन्, ‘तेस्रो पटक बच्चा भएपछि मलाई हुँदैन भन्ने लागेको थियो। डा. नूतनको मिहिनेतले मैले दुई सन्तान पाएँ। उहाँ मेरा लागि भगवान् जस्तै हुनुभएको छ।’ चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा दुर्लभ घटना रहेको डा. नूतन शर्माको भनाइ छ।

‘सामान्यतया नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आँकलन गरेर हामीले शल्यक्रियाबाट सुत्केरी गराउँछौं’, डा. शर्माले भनिन्, ‘तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन् भन्ने मान्यतालाई गलत साबित गर्दै हामीले सम्भव बनाएका छौं।’

उनले भनिन्,‘ प्राकृतिक रुपमै नर्मल डेलिभरी हुनु निकै राम्रो हो। कहिलेकाँहि आमा र बच्चाको स्वास्थ्यमा जटिलता आउने सम्भावना भएपछि शल्यक्रिया गर्नुपर्ने हुन्छ। साधारण तीन पटकसम्म शल्यक्रिया हुन्छ। चौथो पटक शल्यक्रिया गरेर बच्चा जन्मिनु दर्लभ घटना हो।’

बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराएकी हुन्। डा. नूतनको मिहिनेतले मैले दुई सन्तान पाएँ। उहाँ मेरा लागि भगवान् जस्तै हुनुभएको छ।’ चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा दुर्लभ घटना रहेको डा. नूतन शर्माको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *