Wednesday, July 14, 2021
Home > समाचार > नेपालमा रहेका भारतीय च्यानल र भारतीय नम्बर प्लेटका सबै गाडी बन्द हुने – विज्ञप्ति सहित

नेपालमा रहेका भारतीय च्यानल र भारतीय नम्बर प्लेटका सबै गाडी बन्द हुने – विज्ञप्ति सहित

काठमाडौं । माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले तराई क्षेत्रमा रेडियो नेटवर्कहरुलाई बन्द गर्नुपर्ने भन्दै भारतीय पक्षबाट आएको धम्की प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

उक्त पार्टीका अध्यक्ष रञ्जीत गुरुङले विज्ञप्ति जारी गर्दै भनेका छन्, “भारतका केहि जिल्लामाहरुमा नेपालका रेडियोहरुले भारतमा भारतविरुद्धका समाचारहरु फैलाएको भन्दै बन्द गर्ने धम्की आएको छ।”

भारतले हैकमवादी चरित्र देखाएको भन्दै जनमुक्ति सेना पार्टीले कडा चेतावनी समेत दिएको छ । यस्तो रवैया नरोकिए नेपालमा रहेका भारतीय सञ्चारमाध्यमका च्यानलहरु तथा भारतीय नम्बर प्लेटका सबै गाडी बन्द गर्ने विज्ञप्ति मार्फत चेतावनी दिइएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!