तरकारीवालीका रुपमा चर्चामा आएकी कुसुम श्रेष्ठको डेब्यु नेपाली चलचित्र लम्फूको ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
बैशाख २८ बाट नेपालभरि प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा समाजमा बेरोजगार युवा-युवतिको कथालाई देखाइएको छ। यो चलचित्रमा तरकारीवाली र नवनायक कबिर खड्काको डेब्यु रहेको छ। कबिर र तरकारीवालीको नामले चर्चित कुसुमसहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ।
गोपालचन्द्र लामिछाने निर्देशित लम्फूमा एक युवाको जीवनमा आइपर्ने अकल्पनिय घटनाहरू प्रस्तुत गर्न खोजिएको छ। जसमा प्रेमकथा समेत गौण छ। समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने यो चलचित्रको मुख्य विषयवस्तु रहेको छ।
‘लम्फु’मा भूपतिको लेखनमा बनेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ भने हरि सिलवालले सम्पादन गरेका छन्। तरकारीवालीको नामले चर्चित कुसुमको भने पहिलो पत्रकार सम्मेलन थियो। उनले कार्यक्रममा बोल्दै भने, “यो मेरो पहिलो चलचित्र हो र सानो भूमिकामा छु तर पनि सहयोग र साथको अपेक्षा गरेकी छु।” साथै उनले पत्रकारले सोधेको पश्नमा यस्तो जवाफ दिइन् हेर्नुहोस् भिडियो।