Sunday, November 28, 2021
Home > समाचार > बिहे गरेको ११ दिनमा दुल्हन फर्काएर आएका जोडीलाई जीपको ठक्कर, ११ दिनमै दुलही रूपा थापा मगरको निधन

बिहे गरेको ११ दिनमा दुल्हन फर्काएर आएका जोडीलाई जीपको ठक्कर, ११ दिनमै दुलही रूपा थापा मगरको निधन

पाल्पा। स्याङ्जाको मालुङ्गा नजिकै स्कुटी दुर्घटना भएको छ । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जीपले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले जानकारी दिए ।थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते हुनेमा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन रहेका छन्। उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

११ दिन अघि विवाह भएका उनीहरू स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटनामा परेको हो ।

मृतकको शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!