Sunday, March 7, 2021
Home > अन्तराष्ट्रिय > रेलको लिगमा टिकटक बनाउँदै थिए युवक, दियो ठक्कर- गयो ज्यान!

रेलको लिगमा टिकटक बनाउँदै थिए युवक, दियो ठक्कर- गयो ज्यान!

एजेन्सी । रेलको ट्र्याकमा टिकटक बनाउँदा पाकिस्तानमा एक युवकको मृत्यु भएको छ । रेलवेमा टिकटक बनाउँदा रेलको ठक्करबाट ती युवकको शनिबार मृत्यु भएको त्यहाँको प्रहरी तथा अधिकारीहरूले उल्लेख गरेको छ ।

पाकिस्तानको इस्लामावाद नजिकै रहेको शाह खालिदमा शुक्रबार उक्त घटना घटेको थियो । रेलको ठक्करबाट घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

१८ वर्षका हम्जा नवीद रेलको ट्र्याकमा हिड्दै गर्दा उनका साथिले भिडियो खिचिरहेका थिए । सोही क्रममा रेलले ठक्कर दिएको उद्धार संस्थाका प्रवक्ता राजा रफाकत जमानले बताएका छन् । शुक्रबार घाइते अवस्थामा उद्धार गरिएका भनेका ती युवकको घटनास्थलमा नै मृत्यु भएको उद्धारकर्ताहरूले उल्लेख गरेका छन् । **समाचारको भिडियो हेर्न तल क्लिक गर्नुहाेस्***

Leave a Reply

Your email address will not be published. Required fields are marked *