Sunday, July 11, 2021
Home > समाज > दशैंकाे मेला सञ्चालनकाे विषयमा भयो यस्तो दुःखद झडप

दशैंकाे मेला सञ्चालनकाे विषयमा भयो यस्तो दुःखद झडप

धरान / धरानमा सञ्चालन भएको दशै मेलालाई लिएर भएको झडपका कारण दुई जना युवा घाइते भएका छन् । धरान १२ चतरालाइनमा कार्तिक ५ गतेबाट सञ्चालन भएको दशै रमाइलो मेला सञ्चालन नगर्न दबाब दिदै आएको संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेशनल मंगोलियन पार्टी लगायतका दलहरुका युवाहरुले मेला स्थलमा गेट लगायतका स्टलहरु भत्काउन थालेपछि मेला लगाउने समूहका युवाहरुले ढुगा र छुरा प्रहार गर्दा विरोधी पक्षका दुई युवा बलजीत तामाङ्ग र समक्ष श्रेष्ठ घाइते भएका हुन् ।

घाइते बलदिपको टाउकोमा चोट लागेका कारण स्थानीय मेडिकल हलमा उपचार गरिएको थियो भने अर्का घाइते समक्ष श्रेष्ठको देव्रे कोखमा छुरा प्रहार भएपछि अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । मेला लगाउन नहुने भन्दै भानुचौकबाट धरान उपमहानगरपालिका घेराउ गर्न गएका दल र त्यसमा आवद्ध युवाहरुले उपमहानगर नजिकै रहेको मेला स्थल पब्लिक उच्च माविको खेल मैदानमा बनाएको प्रवेश द्वार नै भत्काउन थालेपछि मेला आयोजक र उनीहरुबीच झडप भएको थियो ।

भीडलाई नियन्त्रण गर्न प्रहरीले ५ सेल अश्रु ग्यास नै हान्नु परेको थियो । शुरुमा जनपथ प्रहरीले भीडलाई नियन्त्रणमा लिन मुस्किल परेपछि अन्तत सशस्त्र प्रहरी नै तैनाथ गर्नुपर्ने अवस्था आएको थियो । धरान उपमहानगपालिकाले एकतर्फी रुपमा शान्ति सुरक्षा खलल पुरयाउने हिसाबले मेला लगाएको र युवाबीच द्धन्द्ध फैलाउने काम गर्दा आजको अवस्था आएको सघीय लिम्बुवान मञ्च सुनसरी अध्यक्ष अमर इजमले बताउनुभयो । उहाले मेलाले अशान्ति फैलाउने भएकोले भोलि कुन दुर्घटना भए यसको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने बताउनु्भयो ।

स्थानीय छिमेकी युवा समूहले मेलाबाट उठेको रकमबाट एम्बुलेन्स खरिदका लागि लगाएको मेला अगाडिदेखि नै विवाद चुलिएको थियो । झडपका क्रममा प्रहरीले कसैलाई धरपकड गर्न सकेन । विवादका बाबजुद तथा जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा दिन नसक्ने बताउदा बताउदै पनि जबरजस्ती मेला लगाएका कारण अहिले झडपको सिर्जना भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताउनुभयो ।

थप झडप नहुन दिन अहिले नगरपालिका अगाडि प्रहरी तैनाथ बनाइएको छ । विरोधीहरुले उपमहानगरपालिकाले मेला बन्द नगरे उपमहानगरपालिकाको गेट अगाडि ताला लगाउने चेतावनी दिदै आएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!