Wednesday, December 8, 2021
Home > समाचार > भर्खरै अायो झापाकाे मेचीनगरबाट यस्तो दुःखद खबर

भर्खरै अायो झापाकाे मेचीनगरबाट यस्तो दुःखद खबर

बिर्तामोड : झापाको मेचीनगर- ७ इँटाभट्टामा मंगलबार यात्रुबाहक बसमा आगलागी भएको छ। काँकरभिट्टाबाट बुटवलका लागि बेलुका छुट्ने तयारीमा रहेको मे १ ख ५२२ नं को मकालु यातायातको बसमा आगलागी भएको हो।

ग्यारेजमा राखिएको सो बसमा बिहान १०:३० बजे एक्कासी आगो दन्किएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मेचीनगर नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट गाडी पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डिएसपी) महेश थापाले बताए। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!