Tuesday, March 2, 2021
Home > समाचार > भर्खरै काठमाण्डौ बाट आयो यस्तो खबर

भर्खरै काठमाण्डौ बाट आयो यस्तो खबर

काठमाडौं, चैत २८ – प्रहरीले वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जनालाई पक्रिएको छ ।वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका उनीहरुलाइ पक्रिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले उज्यालोलाई जानकारी दिनुभयो ।विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाले ठग्न खोजेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

सेवाग्राहीले बिचौलियाले श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नाममा २५ सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो गरेपछि प्रहरीले उनीहरुलाई पक्रिन सादा पोशाकका प्रहरी खटाएको हो । यसअघि गएको फागुन २३ गतेपनि ३५ जना पक्राउ परेका थिए

यो पनि पढ्नुहोस् ।

विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै उनीहरुले ठग्ने प्रयास गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुरुमा ५० जनालाई पक्राउ गरिए पनि ३५ जना मात्रै बिचौलिया भएको पुष्टि भएपछि १५ जनालाई छाडिएको छ ।अब काठमाडौ उपत्काका कुनै पनि सरकारी निकायमा विचौलियाको प्रवेश हुन नदिने गरि अभियानकै रुपमा सादा पोशाकका प्रहरी ग्राहकको रुपमा खटिने र कारवाही सुरु गर्ने काठमाडौं प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले बताउनुभयो

पक्राउ परेका बिचौलियाहरु :
१ जिल्ला दोलखा भिरकोट ९ वतन बताउने बर्ष २३ को रबि तामाङ्ग ।२ जिल्ला गोरखा आरुआर्मा ६ वतन वताने बर्ष २२ को राजेन्द्र गुरुङ्ग३ जिल्ला स्याङ्गजा भिरकोट ५ वतन बताउने बर्ष ३२ को ऐन ब. चम्रकार ।४ जिल्ला मकमानपुर पालुङ्ग ९ वतन बताउने राम बहादुर पन्त ।५ जिल्ला रुपन्देही कालिका न. पा. १३ वतन बताउने उज्वल पन्त ।६ जिल्ला सर्लाही सरिवन ११ वतन बताउने राधेश्याम थापा ।७ का. जि. का. म. न. पा. १४ वतन बताउने बिवेक खड्गी ।८ जिल्ला झापा ज्यामिरगढी ७ वतन बताउने दिपेन खवास ।
९ जिल्ला चितवन दारेचोक २ वतन बताउने हरिचन्द्र गुरुङ्ग१० जिल्ला गोरखा सौरपानी ४ वतन बताउने

अन्जन ढकाल ।११ जिल्ला तनहु व्या. न. पा. ६ वतन बताउने बिशाल दराई ।१२ जिल्ला काभ्रे मन्दनदेउपुर ८ वतन बताउने सुनिल श्रेष्ठ ।१३ का. जि. का. म. न. पा. वडा नं. १३ वतन बताउने राहुल कार्की ।
१४ ऐ. ऐ. बताउने राज कुमार श्रेष्ठ१५ ऐ. ऐ. बताउने विजय लामा ।१६ जिल्ला गोरखा धावा २ वतन बताउने जिवन बि. क. ।१७ ऐ. भिमसेन ४ वतन बताउने सन्तोस बि. क. ।१८ ऐ. सहिदलखन वतन बताउने सिर्जना मगर ।१९ जिल्ला रामेछाप दोरम्बा ५ वतन बताउने संगिता मगर ।२० का. जि. का. म. न. पा. ९ वतन बताउने सानु लामा ।२१ जिल्ला धादिङ्ग निलकण्ठ ६ वतन बताउने सिता मगर ।२२ जिल्ला बेथानचोक ५ वतन

बताउने राम शरण श्रेष्ठ ।२३ जिल्ला रुपन्देही करौता ९ वतन बताउने रामकिसन धरिकार ।
२४ जिल्ला धादिङ्ग ज्वालामुखी ३ वतन बताउने चन्द्र श्रेष्ठ ।२५ जिल्ला दोलखा पोवटी वतन बताउने बिदुर खड्का ।२६ जिल्ला मोरङ्ग ओर्लावारी ५ वतन बताउने पुष्पराज भटृराई ।
२७ ऐ झापा भद्रपुर ५ वतन बताउने श्याम मेचे ।२८ का. जि. टोखा न. पा. १२ वतन बताउने सुजन सापकोटा ।२९ जि. सिन्दुली हरिहरपुर ५ वतन बताउने पुष्प कुमार राई ।३० जि. गोरखा भिमसेन ३ वतन बताउने बिकास खनाल ।३१ का. म. न. पा ३५ वतन बताउने सागर पराजुली ।३२ जि. गोरखा सौरापानी १ वतन बताउने गोकर्ण प्रसाद ढकाल ।,३३ ऐ. ३ वतन वताउने संदिप ढकाल ।३४ जि. काभे्र तिमाल ४ बताउने तेन्जिन लामा ।३५ जिल्ला मोरङ्ग सुन्दर हरैजा ११ वतन वताउने रामचन्द्र पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *