Tuesday, July 13, 2021
Home > समाचार > फेरि सिन्धुपाल्चोकमा बस दुर्घटनाः २२ जनाकाे यस्तो छ अवस्था

फेरि सिन्धुपाल्चोकमा बस दुर्घटनाः २२ जनाकाे यस्तो छ अवस्था

चौतारा- सिन्धुपाल्चोक चौताराबाट सिपापोखरेको ज्यामिरे मानेतर्फ गइरहेको यात्रुबस आज बेलुका दुर्घटना हँुदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल चौतारामा लगिएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

 

बा२ख ११०६ नंको बस इन्द्रावती गाउँपालिका–९ भोटसिपास्थित मोडमा विपरीत दिशाबाट आएको बलेरो जीपलाई साइड दिने क्रममा ब्याक गर्दा ब्रेक फेल भएर सडकमै पल्टेको स्थानीय जनता माविका प्रधानाध्यापक गुणनिधि लम्सालले बताए । प्रहरीका अनुसार बसमा करीब ६५ जना यात्रु सवार थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!