Sunday, March 7, 2021
Home > समाचार > विदेशमा बसेका श्रीमानले फेसबुकको प्रोफाइलमै खुलेआम अर्कै महिलाको फोटो राखेपछि, घरमा बसेकी श्रीमती, बालबच्चाको भयो रुवाबासी (भिडियोसहित)

विदेशमा बसेका श्रीमानले फेसबुकको प्रोफाइलमै खुलेआम अर्कै महिलाको फोटो राखेपछि, घरमा बसेकी श्रीमती, बालबच्चाको भयो रुवाबासी (भिडियोसहित)

पाल्पा ।

हिजोआज हाम्रो समाजमा श्रीमान र श्रीमतीको सम्बन्धमा माया भन्ने कुरा हराउँदै गईरहेको बेला पाल्पाको एक जोडिमा पनि माया हराउँदै गईरहेको छ । परदेशीएका श्रीमानले जब विदेशबाटै आफ्नो फेसबुकको प्रोफाईलमा अर्कै केटीको फोटो राखेको श्रीमतीले भेटिन् र श्रीमानलाई प्रश्न गरिन् तब उल्टै श्रीमतीकै चरित्र खराब भएको हुनाले आफुले त्यसो गरेको भन्ने जवाफ दिए ।

थाहा छैन हिजोआज नेपाली समाज कतातिर गईरहेको छ । तर जुनदिशातिर गईरहेको छ त्यही दिशातिर पाल्पाकी मधु र कृष्णको पनि बैबाहीक सम्बन्ध गईरहेको छ । जस्को कारण मधु र उनका श्रीमान कृष्णको दुई सन्तान आमा बुवा जिवितै हुँदाहुँदै पनि टुहुरा जस्तै भएका छन् ।

श्रीमानले खुलेआम राखेको अनैतिक सम्बन्धका कारण आफुलाई तनाब भएको र केही सहयोग हुन्छ कि भन्ने आशामा मिडियामा आफ्ना ब्यथा पोखेको बताउँछिन् मधु ।शुरुशुरुमा त मधुले श्रीमानको व्यवहारहरुलाई केही सहंदै त केही नजर अन्दाज गर्दै बसेको बताईन् ।

मधुलाई श्रीमान कृष्णको व्यवहार तब सही नसक्ने भयो जब उनले अरुसंग सम्बन्ध राखेको केटीले नै मधुलाई कृष्ण मेरो श्रीमान हो भन्दै फोनमा नानाथरीका कुरा गरीन् । मधुले एक यूटयुव च्यानलमा रुँदै भनिन्,‘श्रीमानको यत्तिसम्मको व्यवहार त कुन चै श्रीमतीले सहन गर्न सक्ला र ? जुुन मैले सही रहेकी छु । मेरो जीवन बर्बाद हुने भयो ।’ भन्दै उनी भक्कानीदै राईन् ।

                                           **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *