Sunday, March 7, 2021
Home > समाचार > सकेसम्म सबै सरकारी सेवा लिन सकिने नागरिक एप सरकारको कत्तिको सुरक्षित, गोपनीय र भरपर्दो छ ?

सकेसम्म सबै सरकारी सेवा लिन सकिने नागरिक एप सरकारको कत्तिको सुरक्षित, गोपनीय र भरपर्दो छ ?

काठमान्डौ,

संभव भएसम्मका सबै सरकारी सेवा लिन सकिने गरी सरकारले शुक्रबार परीक्षणको रुपमा नागरिक सार्वजनिक गरेको थियो । छोटो समयमै उल्लेख्य रुपमा प्रयोगकर्ताको आकर्षण देखिएको यो एप वास्तवमा कत्तिको सुरक्षित र गोपनीय छ त ?

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको एप निर्माण टोलीले एप उपयोगिता र सहजतासँगै सुरक्षित र गोपनीयता मैत्री समेत बनाइएको बताएको छ । यो एपमा अकाउन्ट बनाउन आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर चाहिन्छ ।

अर्थात अरु कसैको नाममा रहेको सिम तपाईंले वा तपाईंको सिम अरु कसैले प्रयोग गरी यो एप प्रयोग गर्न पाउँदैन । फेसबुक, इन्स्टाग्राम, ट्वीटर जस्ता एपमा जस्तै यसमा पनि सुरक्षाका लागि टु फ्याक्टर अथेन्टिकेसन राखिएको छ ।

साथमा रहेको मोबाइलमा प्राप्त ओटीपी कोड राखेपछि मात्र यो एप खोल्न सकिन्छ । यसको अर्थ अरु कसैले तपाईंको मोबाइल नम्बर र पिन कोड थाहा पाएको खण्डमा समेत नागरिक एपमा पहुँच बनाउन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *