Sunday, March 7, 2021
Home > समाचार > हिजो महानगरपालिकाले ठेला र रोज़गार खोसिदियो,आज आमाको खातामा यसरि भयो ५ लाख जम्मा !

हिजो महानगरपालिकाले ठेला र रोज़गार खोसिदियो,आज आमाको खातामा यसरि भयो ५ लाख जम्मा !

“खुसीको खबर आमा , हजुरलाइ महानगर पालिकाले १५ सय रूपियाको ठेला र रोज़गार खोसिदिए पनि आज हजुरको बैंक खातामा क़रीब ५ लाख जम्मा भएको जानकारी आएको छ ।

भिम उपाध्यले यस्तो लेखेका छन् फेसबुकमा हेर्नुहोस

ठेलावाली दिदी मन्जु कुवँर क्षेत्रीलाई हालसम्म प्राप्त सहयोगमध्ये रू १ लाखको ६ महिनाका लागि र रू १ लाखको १ वर्षका लागि भाका राखेर मुद्दति खाता समेत खोल्न लगाई आज दुई वटा कूल रू २ लाख बराबरको Fixed Deposit खाता समेत खोलिसकिएको छ। उठेको रकम यताउता फुर्मास नहोस् र ब्याज पनि आईरहोस्, दिगो रोजगारी र आम्दानी हुने उद्यममा मात्र सदुपयोग होस् भन्ने सुनिश्चितताका लागि हामीबाट यस्तो गर्न लगाएको हो। हाल बचत र मुद्दति गरेर अहिले दिदीका नाममा रू २ लाख ६० हजार जम्मा भईसकेको रेकर्ड आएको छ।

सहयोग थपिने क्रम जारी छ। थप गो फण्ड मीबाट करिब २ हजार डलर पनि संकलित भइसकेको छ र अभियानकर्ताले त्यस अभियानबाट ५ हजार अमेरिकी डलर उठाउने लक्ष राखेको छ। मन्जु दिदीका लागि ३ वटा बैंक खाता खोलाउने काममा Mayjan Namdung भाइ खटिरहनु भएको छ। मन्जु दिदीका लागि आवश्यक सहयोग रकमको लक्ष पूरा भएको छ। रू २ लाख लक्ष राखिएकोमा रू ४ लाख ६९हजार जुटिसकेको छ।

हिजो दिउँसो १ बजे हाम्रो सहयोग-अपिल सुरू गरिएदेखि आज अहिले दिउसो ११ बजे बिहानसम्ममा सुकेधारा निवासी विपन्न महिला मन्जु कुवँर क्षेत्री दिदीको जिविकोपार्जनको एकमात्र सहारा ठेला र ठेलामा राखेको सामान काठमाण्डौँ महानगरपालिकाबाट लुटिदा यस्ता अमानवीय कार्यप्रति देश विदेशका नेपालीहरूले आपत्ति जनाउदै, दिक्क मान्दै मन्जु दिदीलाई जिविका चलाएर गरिखान टेवा पुगोस् भनेर खुला हृदयले रू २,४५,०००/-( २ लाख ४५ हजार) सहयोग गरिसक्नु भएको छ।

यस अतिरिक्त GoFundMe बाट थप रू २ लाख २४ हजार ( $1932) संकलन भइसकेको जानकारी आएको छ।सबै गरेर मलाई प्राप्त विवरण अनुसार रू ४ लाख ६९ हजार सहयोग जुटेको छ। सहयोग रकम आउने क्रम जारी छ।समस्त मनकारी दाताहरूप्रति नमन एवं आभार ब्यक्त गर्दछौँ।

ठेलावाली दिदी मन्जु कुवँर क्षेत्रीलाई एउटा उनलाई आफूले गर्न सक्ने सानो जागिर मिलाउने चॉजोपॉजो हुदैछ। हाल अमेरिकामा रहेका एकजना मनकारी नेपाली उद्यमीले नेपालस्थित उनको फर्ममा जागिर दिने प्रस्ताव मसंग गरिसक्नु भएको छ। सो काम दिदीलाई अनुकूल हुने भएमा उनका लागि जिविकोपार्जनका लागि एउटा स्थिर आयको सुनिश्तितता पनि हुन सक्नेछ। अग्रिम शुभकामना र अग्रिम आभार।

त्यस्तै सामाजिक अभियन्ता इशा गुरुङले सबैलाई धन्यवाद दिदै यस्तो लेख्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *