Wednesday, January 27, 2021
Home > जीवनशैली > एक सय रूपैयाँ तिरेर पढेकि अस्मिता संसारकै महँगो कलेजमा पढ्न स्विट्जरल्यान्ड प्रस्थान

एक सय रूपैयाँ तिरेर पढेकि अस्मिता संसारकै महँगो कलेजमा पढ्न स्विट्जरल्यान्ड प्रस्थान

काठमाण्डाैं । भगवान देता है तो छप्पड फाड्के देता है भने झै भएकाे छ यतिबेला । मासिक रु एक सय शुल्कमा पढाइ हुने नेपालकै सस्तो विद्यालयमा पढेकी एक छात्राले संसारकै महँगो मध्येको कलेज पढ्न स्विट्जरल्यान्ड गएकी छन् ।उत्तम सञ्जेलले सञ्चालन गरेको समता शिक्षा निकेतनबाट एसईई उत्तिर्ण गरेकी चितवनकी अस्मिता अधिकारी संसारको महंगोमध्ये एक र सुविधायुक्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न गएकी हुन् ।

अध्ययनका लागि वार्षिक करिब २ करोड शुल्क लाग्ने उक्त कलेजमा पढ्का लागि अस्मिताले चार वर्षे निःशुल्क छात्रवृत्ति पाएको समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले बताए । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए ।

नेपालमा जन्मिएका व्यापारी तथा गैस आवासीय नेपाली सँगमा पूर्व अध्यक्ष उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् ।अस्मिताका बुबा अमृत ट्याक्सी चालक हुन् । रोजगारीका लागि खाडी मूलुक गएका उनी विरामी परेर नेपाल फर्केपछि छोराछोरीलाई पढाउने कुनै उपाय नहुँदा समतामा भर्ना गरेका थिए ।

एक छोरीले समताबाटै प्लस टु उत्तिर्ण गरेकी छन भने भर्खर एसईई दिएकी अस्मिताले सँसारकै महँगो मध्येको कलेज पढ्न अबसर पाइन् ।अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौका जुरेको छ । छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।”

Leave a Reply

error: Please Dont Copy My Content!! !!