Monday, January 25, 2021
Home > जीवनशैली > आ’गोले ज’लेर आमाछोराको यस्तो भयो रुप, उपचारका लागि सहयोगको गुहार…

आ’गोले ज’लेर आमाछोराको यस्तो भयो रुप, उपचारका लागि सहयोगको गुहार…

धनगढी । आ’गोमा ज’लेर घाइते भएका कैलाली स्थित घोडाघोडी नगरपालिका–७ करैचा गाउँका आमा छोराको उपचार हुन सकेको छैन । आर्थिक अभावका कारण २७ वर्षीया अल्पनादेवी चौधरी र उनका एक वर्षीय छोरा आर्यनको उपचारको लागि गु”हार मागेका छन् । डेढ हप्ता अगाडि काखमा छोरा लिएर आ”गो ताप्ने क्रममा एक्कासी बे’होस भएर अल्पना छोरासहित आ’गोमा खसेकी थिइन् । आ’गोले पो’लेर आमा छोरा दुवै जना घा’इते छन् ।

अल्पनाको दुवै हात र एक वर्षीय उनको छोराको टाउको ज’लेको छ । तर, परिवारको आर्थिक स’मस्याका कारण उपचार गराइएको छैन । आगोमा खसेर शरिरको विभिन्न भाग ज’लेका दुवैको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था नाजुक भएकाले परिवारले उनीहरुको उपचार गराउन नसकेको जनाइएको छ ।

घरको आर्थिक अवस्था ना’जुक भएका कारण परिवारले आमा, छोरा दुवैको उपचार गराउन नसकेको हितैषी आरती चौधरीले जानकारी दिइन् । उनले निःशुल्क उपचारका लागि सिफारिस बनाएर पीडित काठमाण्डौंको वीर अस्पताल पुगे पनि निःशुल्कमा उपचार नहुने भनिएपछि उपचार नगराइ फर्किएको बताइन् । काठमाण्डौंबाट फर्केर आमा, छोरा दुवै घरमै छटपटाइरहेको चौधरीले बताइन् ।

आर्थिक अभावका कारण घाइतेको उपचार गराउन नसकेका पीडितका परिवारले सहयोगका लागि याचना गरेका छन् । गरिबीका कारण उपचार गराउन नसकेको उल्लेख गर्दै पीडितकी सासु हुक्मीदेवी चौधरीले कतैबाट सहयोग पाए बुहारी र सानो बाबूको उपचार गराउने उल्लेख गरिन । पीडित द्वन्द्वपीडित परिवारका सदस्य हुन । **यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

Leave a Reply

error: Please Dont Copy My Content!! !!