Saturday, January 16, 2021
Home > भिडियो > जी न्युजका सुधिर चौधरीको यस्तो दादागिरीः नेपालको सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै समाचार प्रसारण (भिडियो सहित)

जी न्युजका सुधिर चौधरीको यस्तो दादागिरीः नेपालको सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै समाचार प्रसारण (भिडियो सहित)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यालन जी न्युजमा दिएको अन्तरवार्ताको अहिले चर्चा चलिरहेको छ । तर यो चर्चा सेलाउन नपाउँदै प्रधानमन्त्री ओलीसंग अन्तरवार्ता लिन नेपाल आएका पत्रकार सुधिर चौधरीले विश्वकै सर्वोच्च शिखर सगरमाथा माथि धावा वोलेको छ । उनी कालापत्थरमा पुगेर नेपालको शान माथि नै धावा बोलेका हुन् । उनले सगरमाथा माथि भारतले दावी गर्नु पर्ने र त्यसको लागि आफ्नो टेलिभिजनले अभियान सुरु गरेको बताएका छन् ।

उनले भारतले दावा गर्ने र त्यसको नाम नै परिवर्तन गरेर माउन्ट सिकदर राख्नुपर्ने अभियान सुरु गरेको घोषणा गरेका छन् । साथै आफ्नो अभियानमा साथ दिन पुरै भारवासीलाई आग्रह समेत गरेका छन् । मिडिया, सामाजिक सञ्जाल मार्फत यो दावीलाई विश्वसामु लैजान आग्रह गरेका छन् । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी यसो भनेका छन्

आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ रु वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।

राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।

म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’ नयाँ पत्रिकाले यो विषयलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!