Tuesday, January 19, 2021
Home > रोचक > चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँ नजिकैको खोल्सामा तीन वटा फालिएका बोरा भित्र पाँच करोड रुपैयाँ भेट्टाएपछि

चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँ नजिकैको खोल्सामा तीन वटा फालिएका बोरा भित्र पाँच करोड रुपैयाँ भेट्टाएपछि

एजेन्सी। तपाईले अहिलेसम्म कति रुपैयाँ भेट्टाउनुभएको छ ? पैसा भेट्टाउँदा जो कोही पनि खुशीले फुरुगं हुन्छन् । भारतको झारखण्ड राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँ देखेपछि उनीहरुको होश हवास नै उड्यो ।

यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन बोराको तौल करिब एक क्विन्टल भएको बताइएको छ । भारतीय मिडियाका अनुसार सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको हो । बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर निस्किएको बताइएको छ । **भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

error: Please Dont Copy My Content!! !!