Tuesday, January 26, 2021
Home > प्रवास > टेक्सासमा भएको कार दुर्घटनामा नेपाली महिला अनिता अधिकारीको यस्तो दुःखद निधन

टेक्सासमा भएको कार दुर्घटनामा नेपाली महिला अनिता अधिकारीको यस्तो दुःखद निधन

टेक्सासमा भएको दुर्घटनामा मृत्यु हुने र घाइते हुने नेपाली भएको पुष्टी भएको छ । बिहिबार राती भएको दुर्घटना एकजना नेपाली महिलाको मृत्यु भएको छ भने चालक ४९ बर्षका विष्णुप्रसाद पौडेल घाइते भएका छन् । घाइतेको नजिकको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुईवटा गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ । अर्को गाडीमा रहेका ४५ बर्षका थाओ ली नामका व्यक्ति घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

दुईवटा गाडीहरु एक आपसमा ठोकिदा आगो लागेको थियो । बाटोको मध्यभागमा दुर्घटना भएको जनाइएको छ । सान एन्जेलोदेखि ८ माइल उत्तर युएस हाइवे २७७ मा दुर्घटना भएको जनाइएको छ । नेपालीहरु चढेको गाडी दक्षिणतर्फ गइरहेको र अर्को गाडी उत्तरतर्फ आइरहेको टेक्सासको जनसुरक्षा विभागले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने महिला अनिता अधिकारी रहेको जानकारी दिदै क्यालिफोर्निया निवासी रमेश शिलवालले श्रद्धाञ्जली व्यक्त गरेका छन् । घटनाबारे परिवारलाई जानकारी भइसकेको पनि उनले जनाएका छन् ।

शिलवालले खसोखाससँग भने – ‘केहीदिन अगाडिमात्र हाम्रो कुराकानी भएको थियो । अहिले यो घटना भएको खबरले स्तब्ध छौं ।’ आफूले मृतक अधिकारीका मामा लोकबहादुर पाण्डेसँग कुराकानी गरिरहेको र थप जानकारी लिने प्रयास गरिरहेको शिलवालले जानकारी दिए । khasokhas बाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!