Wednesday, January 27, 2021
Home > भिडियो > म जिरोमा गएको भए किन निर्वाचनमा आउन डराकोआउनुहोस्? को गैरजिम्मेवार हो ? जनताको ताजा जनादेशले देखाउछ : ओली (भिडियो सहित)

म जिरोमा गएको भए किन निर्वाचनमा आउन डराकोआउनुहोस्? को गैरजिम्मेवार हो ? जनताको ताजा जनादेशले देखाउछ : ओली (भिडियो सहित)

काठमाडौं । काम चलाउ सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ताजा जनादेशमा जान कि डराएको भन्दै टिप्पणी गरेका छन् । आज बसेको राष्ट्रि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । गएको बैशाख २८ देखि पौष ४ गते सम्म गरेको बैठकमा गुटको बैठक २८० वटा बसेको त्या पनि एउटै नेताको घरमा बाँकी अन्यन्त्र ३५ वटा बैठक बसेको सभामा ओलीले जानकारी दिएका छन् ।

देशलाई अस्थिरता तर्फ लान प्रयास भइरहेको यो समयमा आफुले गरेको संसद विघटन कसरी गैरजिम्मेवार भयो भन्दै ओलीले प्रश्न समेत गरेका छन् । ओलीले चेतावनी दिदै भने, ‘म गैरजिम्मेवार अनि म माइनसमा तथा जिरो भएको भए निवार्चनमा आउन किन डराको कुनै धर्मशालामा जानुस् त भनेको होइन । निवार्चनमा आउनुहोस् , को गैरजिम्मेवार जनता ताजा जनादेशले देखाउछन्’ ।

‘कसैले अध्यक्ष प्रधानमन्त्री पद माग्यो भन्दैमा दिनलाई के यो दान हो कमाण्डलु थाप्ने बित्तिकै पाउनलाई ? जनताले दिएको विश्वास र कतव्र्य हो’ ओलीले भने ।

आफ्नो सरकारले धुलो र लेउ लागेको रानीपोखरीलाई तयार पारी उद्घाटन गरेको स्मरण गराउँदै स्थिरताले गर्दा आफुलाई प्रधानमन्त्रीबाट कसैले हटाउन नसकेको बताए ।

ओलीले सञ्चार माध्यमलाई समेत सरकार विरोधी केही समूहको फोटो हाइलाइटका साथ छाप्ने अनि सरकार पक्षका लाखौं उपस्थित भेलालाई वेवस्था गर्ने आरोप समेत लगाएका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!