Tuesday, January 19, 2021
Home > भिडियो > कसैले अध्यक्ष पद माग्दैमा दिनलाई के यो दान हो कमाण्डलु थाप्ने बित्तिकै पाउनलाई ? – प्रधानमन्त्री (भिडियो सहित)

कसैले अध्यक्ष पद माग्दैमा दिनलाई के यो दान हो कमाण्डलु थाप्ने बित्तिकै पाउनलाई ? – प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट आफ्ना विरोधीले हटाउन नसक्नु र आफु पदमा रहिरहनु नै स्थिरता भएको बताएका छन् ।

आज आइतबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै उनले जननिर्वाचित प्रधानमन्त्रीलाई हटाउन खोज्नु अस्तिरथा भएको तर, निर्वाचनमा जानु अस्थिरता नभएको जिकिर गरे । ‘बाह्य शक्तिको इशारामा जननिर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिनु अस्थिरता हो’, ओलीले भने, ‘संवैधानिक बाटोबाट निर्वाचनमा जाने कुरालाई अस्थिरता भनिँदैन ।’

उनले संसद विघटनबारे सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी पूर्वन्यायाधीश, कानूनविद र दलका नेताले अभिव्यक्ति दिएकामा आपत्ति जनाए ।ओली स्वयंले भने संसद विघटन राजनीतिक मुद्दा भएकाले न्यायिक निरुपणको विषय नभएको भन्दै मुद्दा खारेज हुनुपर्ने विरोधाभासपूर्ण जिकिर गरे ।

पदलोलुपहरुलाई सत्तामा जानबाट रोक्न र जनताको बलिदानबाट प्राप्त लोकतन्त्र बचाउन आफूले संसद विघटन गरेको दाबी प्रधानन्त्रीको छ । सम्बोधनमा ओलीले ‘कसैले अध्यक्ष प्रधानमन्त्री पद माग्यो भन्दैमा दिनलाई के यो दान हो कमाण्डलु थाप्ने बित्तिकै पाउनलाई ? जनताले दिएको विश्वास र कर्तव्य हो’ भने ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!