सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ ।हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ ।
गत वर्ष पनि उक्त मन्दिरमा ४९३ राँगा र हजारौँको सङ्ख्यामा खसीबोको बलि दिइएकामा यस वर्ष ६३२ राँगा र करीब २० हजारको सङ्ख्यामा खसीबोकाको बलि दिइएको कङ्कालनी मन्दिर विकास समितिले जनाएको छ ।
उक्त मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको विहार राज्यको सुपोल, मधुवनी अररियालगायत ठाउँबाट लाखौँको सङ्ख्यामा दर्शनार्थीको भीड लागेको थियो । त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानवमीसम्ममा करीब १५ हजार खसी¬बोकाको बलि दिइएको छ ।
एक्कै ठाउँमा ४५० बोका र २५ राँगाको बलि
सप्तरीको कोइलाडी गाउँमा रहेको एक भगवती मन्दिरमा शुक्रबार महानवमीको दिन ४५० बोका र २५ राँगाको बलि दिइएको छ । यस ठाउँमा प्रत्येक वर्ष दसैंको नवमीका दिन विषेश पजाआजासहित ठूलो संख्यामा राँगा र बोकाको बलि दिने गरिन्छ ।
स्थानीय मुकेशप्रसाद सिहंले बताए अनुसार यस ठाउँमा नवमीका दिनमा यसरी बलि दिने प्रचलन करीब २०० वर्षअघि देखि चल्दै आएको हो । सप्तरीका अलवा अन्य जिल्लाबाट समेत यस ठाउँमा बलि दिन आउँने गर्दछन ।