Sunday, July 11, 2021
Home > समाचार > भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय एसएसबीबाट मरणसन्न हुनेगरी कुटिए

भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय एसएसबीबाट मरणसन्न हुनेगरी कुटिए

सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी)बाट कुटिएका छन् ।दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट घर फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका हुन् ।

उनको आँखामा चोट लागेको छ ।नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको र उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

मदिरा सेवन गरेका लुहारले अभद्र शैली देखाएकाले कुटपिट गरेको प्रष्टोक्ति एसएसबीले दिए पनि यकिन नभएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएकाे छ ।प्रहरी सहायक निरीक्षक महेन्द्र थापाले मदिरा सेवन गरेका लुहारले अभद्र शैलीमा एसएसबीलाई पुलको गेट खोलिदिन भनेको र त्यसपपिछि एसएसबीले कुटपिट गरेको जानकारी आफूले पाएको बताए ।घटनापश्चात भारतीय प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालयमा पुगेर सामान्य छलफल भएको र थप छलफल तथा छानबीन आज गरिने प्रहरी स्रोतले बताएको छ ।

यो पनि पध्नुहोस

पत्रकारलाई धम्क्याएको भन्दै युनियनद्वारा भत्र्सना

काठमाडौँ, २४ जेठ (रासस)ः हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याउनुका साथै मानसिक तनाव दिएको भन्दै नेपाल प्रेस युनियनले त्यसको घोर भर्सना गरेको छ ।युनियनका अध्यक्ष बद्री सिग्देलले आज प्रेस विज्ञप्ति जारी गरी जेठ २३ गते साँझ ७ः०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नवीना लामाको निर्देशनमा अनेरास्ववियूकै केन्द्रीय सदस्य बताउने भूपेन्द्र शाही नेतृत्वको सात जनाको समूहले हाम्रा कुरा डटकमको तीनकुनेस्थित कार्यालयको समाचार कक्षमा छिरेर कार्यरत पत्रकारलाई धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्रष्ट पार्नुभयो ।समाचार कक्षमा प्रवेश गर्नु तथा फोनबाट सम्पादकलाई धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो भन्दै विज्ञप्तिमा भनिएको छ,

“समाचारसम्बन्धी चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिइ उपचार खोज्ने बाटो हुँदाहँुदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय छ ।”घटनाको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन, पत्रकारको पूर्ण सुरक्षा गर्न र यस्ता घटना दोहोरिन नदिन एवं संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्वाध उपभोग गर्ने वातावरण तयार गर्न युनियन सरकारसँग जोडदार माग गर्दछ, विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!