Sunday, January 24, 2021
Home > समाचार > झापाबाट उपचारका लागि विराटनगर जाँदै गरेका युवकको बसभित्रै मृत्यु

झापाबाट उपचारका लागि विराटनगर जाँदै गरेका युवकको बसभित्रै मृत्यु

विराटनगर ।

एक जना युवक बसभित्रै मृत अवस्थामा फेला परेका छन् । उपचारका लागि झापाबाट विराटनगर जाँदै गरेका युवक बसभित्र नै मृत अवस्थामा फेला परेका हुन् ।

उनी आइतबार बिहान झापा केरखाबाट बस चढेका थिए । २६ वर्षका ती युवक बसेको सिटमा नै मृत अवस्थामा फेला परेका थिए ।

उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा झापाबाट विराटनगर पुगेका थिए । विराटनगर बसपार्कमा नओर्लिएपछि बसका कर्मचारीले बस भित्र हेर्दा बसेकै ठाउँमा देखिएका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार मृगाैला रोगबाट ग्रसित उनी सोही उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टर जाँदै थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!