काठमाडौं ।
अंग्रेजी नयाँ वर्ष २०२१ को सुरुवातसँगै डरलाग्दो हवाई दुर्घटना देखिएको छ । ५० जना यात्रु बोकेको बोइङ्ग–७३७ यात्रुवाहक विमान दुर्घटना भएको छ । इन्डोनेसियाको जकार्ताबाट उडान हुने बित्तिकै समुद्रमा बेपत्ता भएको रिपोर्टले जनाएको छ ।
श्रीविजय एयर विमान शनिबार इन्डोनेसियाको राजधानीबाट पश्चिम कालिमान्टन प्रान्तको पोन्टियानक जाँदै थियो । विमान उडेको केहि मिनेटमा नै कन्ट्रोल रूमसँग सम्पर्क बिच्छेद भएो कुरा स्थानीय मिडियाले जानकारी गराएका छन् ।
उक्त विमान बोइङ्ग बी७३७–५०० को मानिन्छ । जानकारी अनुसार यो विमान उडानको केहि मिनेट पछि १०,००० फिट समुन्द्रमा खसेको जनाइएको छ । फ्लाइटडार२४ ले ट्वीट गर्दै लेखेको छ, ‘हामी इन्डोनेसियामा बोइङ्ग ७३७–५०० हराएको खबर पछ्याइरहेका छौं ।
हामी छिट्टै बढि सूचना पाउने आशा गर्छौं ।’ इन्डोनेसियाली एयरलाइन्स श्रीविजय एयरले अझै पनि एक विज्ञप्ति जारी गर्नु भन्दा पहिले धेरै जानकारी प्राप्त गरिरहेको जनाएको छ ।