Sunday, January 24, 2021
Home > भिडियो > प्रकाश चन्दले भेटे प्रचण्डकि नातिनी स्मितालाई, पहिलो भेटमै यस्तो (भिडियो हेर्नुस्)

प्रकाश चन्दले भेटे प्रचण्डकि नातिनी स्मितालाई, पहिलो भेटमै यस्तो (भिडियो हेर्नुस्)

काठमाडौ । गायीका स्मिता दाहाललाई अब उनका हजुरबुवा पुष्पकमल दाहाल प्रचण्डको नामवाट चिन्नुपर्दैन । उनी ९ वर्षको उमेर देखि नै गायनमा रुची राख्थिन् । अहिले उनको आफ्नो छुट्टै पहिचान छ ।

राजनीतिक परिवारकी स्मिताले सानैदेखि गायिका बन्ने सपना बुनेकी थिइन् । अहिले त्यो सपना पुरा भएको छ । उनले बाल गीत पनि गाएकी छन्। अब आफूलाई यही पेसामा नाम स्थापित गर्ने धोको रहेको उनले बताइन्। मलाई गायनमै रूचि छ,ु उनले भनिन्, ुराम्रै प्रतिक्रिया पनि पाएकी छु।ु

स्मिता हाल बिबिए चौथो सेमेस्टरमा अध्ययनरत छिन्। उनी सानै छँदादेखि उनको पूरा परिवार जनयुद्धमा होमिएको थियो। हजुरबुवा प्रचण्डले नै जनयुद्धको कमान्ड सम्हालेका थिए। अहिलेका जस्तो आधुनिक संगीतसँग उनको परिवार नजिक थिएन। जनवादी गीत बढी गाउँथे र सुन्थे।

ुतपाईंलाई जनवादी गीत गाउन मन लागेनु भन्ने जिज्ञासामा उनले भनिन्, ुसमयअनुसार धारणाहरू परिवर्तन हुन्छन्। जनवादी गीत नै गाउनुपर्छ भन्ने सोचाइ अहिले मेरो परिवारको पनि छैन। मेरो रूचि पनि सानैदेखि जनवादी गीतभन्दा अरूमा भयो। उनलाई जनवादी गीत गाउने इच्छा भने छ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!