Monday, January 25, 2021
Home > समाचार > समाचार यात्रुवाहक बस फेरि भेरी नदिमा, एक जनाको शव निकालियो

समाचार यात्रुवाहक बस फेरि भेरी नदिमा, एक जनाको शव निकालियो

सुर्खेतमा एक यात्रुवाहक बस भेरी नदिमा खसेको छ । उक्त बस यात्रुलिन सल्लीबजार जाँदै गरेको बुझिएको छ । दाङबाट रिजर्भका लागि सुर्खेतको सल्लिबजार जाँदै गरेको बस गुर्भाकोट नगरपालिका गराले गौडाबाट भेरी नदीमा खसेको हो ।

नदीमा डु वे को बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलका स्थानीयले जानकारी दिए । स्थानीयले घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएका छन् ।

बसमा यात्रु भने थिएनन् । उक्त बस यात्रु लिन जाँदै गरेको बुझिएको छ । बसमा तीन जना मात्रै सवार रहेको थिए । जसमध्ये एक जना अझै भेरी नदीमा वे प त्ता छन् ।

उनको खोजी कार्यमा प्रहरी र स्थानीयहरु जुटेका छन् । उक्त दुर्घटनामा बस छिन्छु( जाजरकोट सडकबाट करिव तीन सय मिटर तल खसेको छ । प्रहरीले बस नम्बर, घाइते मृ त क र वे प त्ताको पनि पहिचान खोजिरहेको बताएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!