Friday, January 22, 2021
Home > समाचार > धुर्मुस-सुन्तलीको एकीकृत नमूना बस्तीमा चिसोका कारण ३५ दिनकी सुत्केरी सहित शिशु र एक बालकको मृत्यु

धुर्मुस-सुन्तलीको एकीकृत नमूना बस्तीमा चिसोका कारण ३५ दिनकी सुत्केरी सहित शिशु र एक बालकको मृत्यु

काठमाडौ । हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृ’त्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृ’त्यु भएको हो । पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो ।

ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा ९सिरक, डसना० तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो ।

साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृत्यु भएको थियो ।एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औंँ दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति ९हरिनारायण सदाका माहिला छोरा० आठमहिने प्रभासको पनि मृ’त्यु भएको रामरतिले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

गरीबी र विपन्नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य बितेका हुन् । सो बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् ।

यो पनि पढेनुहोस्ः सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उहाँ आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । होबार्ट आज भएको खेलमा सिड्नी थन्डरसँग ३९ रनले पराजित हुन पुग्यो । पर्थमा टस हारेर ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनायो ।

एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्र बनाउनसक्यो । होबार्टका लागि कप्तान पिटर ह्यान्डस्कोम्बले ३०, बेन म्याकडरमोटले २२, डार्सी सर्टले १९, डेविड मलानले २० तथा कोलिन इनग्रामले १२ रन बनाउनुभयो । बलिङतर्फ सिड्नी थन्डरका तनवीर सङ्घा, क्रिस ग्रिन र नाथन म्याकएन्ड्र्यूले दुई दुई विकेट लिनुभयो ।

यसअघि सिड्नीका लागि ब्याटिङ गर्ने क्रममा उस्मान ख्वाजाले ४९, एलेक्स रसले ४४, बेन कटिङले ३१, एलेक्स हेल्सले २१ तथा अर्जुन नायरले १५ रनको योगदान दिनुभयो । बलिङतर्फ होबार्टका लागि डार्सी सर्टले तीन तथा सन्दीप लामिछानेले एक विकेट लिनुभयो । लामिछाने खेलको छैटौं ओभरमा बलिङ गर्न आउनुभएको थियो । उहाँले आफ्नो पहिलो ओभरमा ६ रन खर्चिनुभयो । लामिछानेले आफ्नो दोस्रो ओभरमा सिड्नीका कप्तान कलुम फर्गुसनको विकेट लिनुभयो । सो ओभरमा उहाँले चार रन मात्र दिनुभयो ।

लामिछानेले आफ्नो तेस्रो ओभरमा ६ तथा चौथो ओभरमा सात रन खर्चिनुभयो । हाल जारी बिग बास लिगमा लामिछानेको यो तेस्रो खेल हो । उहाँले पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिनुभएको थियो । लामिछाने आवद्ध होबार्ट हालसम्म ९ खेलमध्ये पाँचमा जित तथा चारमा हारका साथ १९ अंक जोड्दै आठ टोली सम्मिलित लिगको तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!