काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको धनगढीस्थित खुुला मञ्चको कार्यक्रममा केही युवाले फरक ढंगले विरोध गरेका छन् ।
नेकपाको आयोजनामा भएको सम्बोधन कार्यक्रममा केही युवाहरु निर्मला पन्तको लागि न्याय माग्दै पुगेका छन् । जनसभामा ‘निर्मला पन्तको …. खै ? लेखिएको टिसर्ट लगाएर कार्यक्रममा पुगेका थिए । त्यस्ता टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरुले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए। उनीहरु ‘निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर प्रधानमन्त्री ओली सहभागी कार्यक्रमा उपस्थित भएका थिए।
त्यसपछि सशस्त्र प्रहरीले ६ जना युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो।
२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव फेला परेको थियो। घटनाको अनुसन्धान हालसम्म चलिरहेको छ। दिनेश खबरको सहयोगमा