Tuesday, January 26, 2021
Home > समाचार > भारतले राजसंस्था फ’र्काउन लागेको हो भने म नारायणहिटी फ’र्किन्न: पूर्वराजा शाह

भारतले राजसंस्था फ’र्काउन लागेको हो भने म नारायणहिटी फ’र्किन्न: पूर्वराजा शाह

काठमाडौँ। ‘दी राइजिङ्ग नेपाल’ का पूर्व प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार पी खरेलले पूर्वराजा ज्ञानेन्द्र शाह शक्तिहिन भएर राजगद्दीमा फर्किने इच्छा नराखेको बताएका छन्। खरेलले बेलायतको राजसंस्थाले नेपालको आवश्यकता पूर्ति नहुने बताएका छन्। खरेलले ‘सेरेमोनियल राजा’ भएर बस्न भारतले गरेको आग्रह शाहले ६३ सालमा नै टु’क्राएको सम्झिदै सक्रिय राजा सहित राजसंस्था पुन:स्थापना हुने दाबी गरेका छन्।

खरेलले ‘बेलायतको राजसंस्था जस्तो यहाँ के काम? भन्ने प्रश्न तेर्साउदै भने, ‘यहाँ त अन्तिम विकल्पको रुपमा, केहि पर्यो भने छलफल गराउन सक्ने, केहि पर्यो भने निर्णय लिन सक्ने। किनकी नेपालको भूराजनीतिक परिस्थिति नै त्यस्तै छ। रिस्क फ्याक्टर त हुन्छ तर राजाको भूमिका चाहिन्छ।’ खरेलले केहि समय अघि भारतीय राजा-रजौटाहरुले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको पनि खुलाए।

उनका अनुसार पूर्वराजा ज्ञानेन्द्रले आफू भारतको इच्छामा नेपालको राजगद्दीमा नफर्किने सन्देश उनीहरु मार्फत भारतलाई पठाएका छन्। पूर्वराजालाई उधृत गर्दै खरेलले भने, ‘राजा ज्ञानेन्द्र भारतले टपक्क टिपेर राजसंस्था फर्किने हो भने मलाई नारायणहिटी फर्किनु छैन्।’ खरेलले पुष २७ गते अर्थात् पृथ्वी जयन्तीको दिन अभिनेतृ मनीषा कोइरालाको नेतृत्वमा हुन लागेको कार्यक्रमले नेपालमा आगामी परिवर्तनको श’ङ्खघोष गर्ने पनि बताए।

खरेलले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापाको समसामयिक विषयमा चासो ’बढेको छ। नेपाली सेना प्रमुखको पदाव्धी बढाउने खेल भइरहेको पनि उनले खुलाए। खरेलले नेपालमा को’र्ष क’रेक्सन हुन लागेको पनि बताएका छन्। उनले को’र्ष क’रेक्सन गर्ने बेलामा क’डा क’दमहरु चल्न सक्ने संकेत गरेका छन्। त्यसको लागि नेपाली सेना सक्रिय हुन तयार भएर बसेको पनि बताए।

खरेलले बेलायतको राजसंस्थाले नेपालको आवश्यकता पूर्ति नहुने बताएका छन्। खरेलले ‘सेरेमोनियल राजा’ भएर बस्न भारतले गरेको आग्रह शाहले ६३ सालमा नै टु’क्राएको सम्झिदै सक्रिय राजा सहित राजसंस्था पुन:स्थापना हुने दाबी गरेका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!