Tuesday, July 13, 2021
Home > समाचार > भर्खरै पाल्पाको रामपुरबाट आयो दुखद खबर

भर्खरै पाल्पाको रामपुरबाट आयो दुखद खबर

पाल्पाको रामपुर नगरपालिका ८ भुजातघाट कालीगण्डकी नदि किनारमा एक युवतीको शब फेला परेको छ । उनी को हुन् भन्ने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार ति युवतीले ढाकाको कुर्ता र जिन्स पाइन्ट लगाएकी छन् । युवतीको कानमा रिङ र घाटीमा सिक्री समेत छ । युवतीको उमेर १९ वर्ष अनुमान गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले युवतीको आफन्तको खोजि भइरहेको जानकारी दिएका छन् । युवतीको शव हेर्दा गहुगोरी ब्राह्मण क्षेत्री समुदायकी जस्ती देखिने कालो रातो कपाल भएकी ५ फिट ३ इन्च उचाइकी सो युवतीको शव करिब २, ३ दिन यता मात्र नदिमा भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

अहिले रामपुर अस्पतालमा शव राखिएको छ । शव पहिचान हुन नसकेकोले आफ्नो घर छरछिमेकमा सोही प्रकृतिको युवती हराएको भए खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!