Wednesday, January 27, 2021
Home > मनोरञ्जन > सँसारभर प्रसिद्ध हाँस्य कलाकार मिस्टर विनले जन्मदिन पछि नै गरे यस्तो घोषणा!

सँसारभर प्रसिद्ध हाँस्य कलाकार मिस्टर विनले जन्मदिन पछि नै गरे यस्तो घोषणा!

बिश्वप्रसिद्ध हास्य कलाकार मिस्टर विनलाई अब मिस्टर विनका रुपमा देख्न पाइने छैन ।

उनले कलाक्षेत्रबाट विदा लिएका छन् । उनले अब मिस्टर विनको भूमिका नगर्ने घोषणा गरेका छन् । पेशाले इन्जिनियर रोवान एट्कीन्सन पहिलो पटक ३ दशक अघि यो भूमिकाबाट हास्य जगतमा उदाएका थिए । उनको हास्य साम्राज्य फैलिँदै गयो र टेलिभिजनमा सर्वसाधारणको पहुँचसँगै उनी बिश्वभर चर्चित हुँदै गए ।

तर अहिले आएर मिस्टर विनको भूमिकाका लागि विश्वप्रसिद्ध हास्यकलाकार रोवान एट्किन्सनले अब कहिल्यै पनि मिस्टर विनको भूमिका नगर्ने घोषणा गरेका छन् ।

आफूलाई विश्वव्यापी स्टार बनाउने मिस्टर विनको भूमिका अब आफ्नो लागि थकाइलाग्दो भएको रोवानले बताएका छन् । यद्यपि उनले कार्टुन सिरिजमा मिस्टर विनको लागि आवाज दिन भने जारी राख्नेछन् । मिस्टर बीनको एउटा कार्टुन फिल्म अहिले निर्माणको क्रममा छ ।

उनी अहिले ६५ वर्षका भए । अब उनले यस्ता भूमिकाबाट थकाइ मार्ने निर्णय गरेको अन्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!