Sunday, July 11, 2021
Home > समाचार > भारतमा २३ वर्षीया नेपाली युवती बलात्कृत, ज्यान बचाउन ४ तला माथीबाट हाम फालिन

भारतमा २३ वर्षीया नेपाली युवती बलात्कृत, ज्यान बचाउन ४ तला माथीबाट हाम फालिन

भारतको राजस्थान राज्यको मुहाना मन्डी गेट नम्बर ३ नजिकै रहेको अपार्टमेन्टमा युवतीको दुई युवकद्वारा बलात्कार भएको थियो । ती अपराधीले युवतीको बलात्कार मात्र गरेनन युवतीले प्रतिकार गरेपछि कपडा च्यात्दै कुटपिट पनि गरे । त्यसपछि ती युवतीले चौथो तलामा रहेको आफ्नो अपार्टमेन्टबाटै तल हाम फालिन ।

चार तला माथीबाट जमिनमा बजारिएकी युवतीको हात र खुट्टा भाचिएको अवस्थामा प्रहरीले उद्दार गरेर अस्पतालमा पुर्याएको खबर भारतीय मिडियामा छ । युवतीको टाउकोमा पनि चोट लागेको छ ।

बलात्कारको आरोपमा दुइ युवक पक्राउ परेका छन ।ती युवतीलाई चार दिन अगाडी जावेद भन्ने एक युवकले राजस्थान बोलाएको खुलेको छ । उनले घटना भएको फ्ल्याटमा बाहिरबाट चाबी लगाएर हिडेको युवतीले प्रहरी समक्ष बयान दिएकी छिन । गत सुक्रबार उक्त फ्ल्याटमा दुइ युवक लोकेश र कमल प्रवेश गरी उनको बलात्कार गरेका थिए ।

उक्त अपार्टमेन्टको पार्किङ नजिक झाडीमा स्थानीयहरुले युवतीलाई निर्वस्त्र र घाइते देखे पछी प्रहरीलाई खबर गरेका थिए ।घटनामा संलग्न लोकेश र कमललाई पक्राउ गरिसकिएको छ र थप अनुसन्धान भैरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!