Tuesday, January 19, 2021
Home > जीवनशैली > सौता बेर्होन तयार छु तर घर फर्किदिनुस् भन्दै एउटी श्रीमतीले श्रीमानलाई गरिन् आग्रह, यस्तोसम्म गरेका रहेछन् श्रीमानले, रुदैं आईन् मिडियामा (भिडियो सहित)

सौता बेर्होन तयार छु तर घर फर्किदिनुस् भन्दै एउटी श्रीमतीले श्रीमानलाई गरिन् आग्रह, यस्तोसम्म गरेका रहेछन् श्रीमानले, रुदैं आईन् मिडियामा (भिडियो सहित)

काठमाण्डौ । ईश्वरी पोख्रेल । तीन सन्तानकी आमा । जस्को एक छोरा दुई छोरी छन् । घर पाँचथर । तर काठमाणडौ बस्दै आएको लामो समय भएको रहेछ । श्रीमानले छोडेका रहेछन् । उनका श्रीमानले एक पटक हैन पटक पटक छोड्दै र भेटिंदै अनि अब छोड्दिन भन्दै बाचा कसम खाँदै सन्तान जन्माउँदै र फेरी छोड्दै गरेका रहेछन् । यस्तो श्रीमानलाई पनि ईश्वरीले अहिलेसम्म सम्मान र प्रेम गरेको बताउँछिन् ।

ईश्वरीको भनाई अुनसार उनका श्रीमानले अर्कै केटी लिएर केटीसंगै काठमाण्डौमा नै फ्ल्याट लिएर बसेका रहेछन् । कतिसम्म भएको रहेछ भने तीन सन्तान जन्मिसकेपछि पनि श्रीमान फेरी पहिलाको जस्तै गरी घरपरिवार र छोराछोरीदेखि सम्पर्क बिहीन भए । लामो समयसम्म सम्पर्क बिहीन भएपछि ईश्वरीले श्रीमानको खोजी गर्न सकिनछिन् ।

तर एकदिन माक्स किन्नेबेलामा भने कान्छि छोरीले बाबालाई चिनेर घरमा ल्याएको उनले बताईन् । ईश्वरीको यो कुरा सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर यो साँचो हो । घरमा श्रीमती र छोराछोरी हुँदाहँदै अर्कै केटीसंग लागेर आफ्ना सबै जिम्मेवारी बिर्सिएका ईश्वरी श्रीमानको यस्तो बानीले आजित भएकी छिन् ।

तरपनि उनले छोराछोरीलाई बाबुको माया र केयरको आवश्यकता परेको हुनाले बरु आफुले सौता बेर्होन तयार रहेको तर घर सम्झिएर फर्कन उनले श्रीमानलाई आग्रह गरेकी छिन् । कुनै पनि श्रीमतीले आफ्नो श्रीमान अरुसंग बोलेको त रुचाउँदैनन् भने सौता बेर्होने कुरा त मुटुमा ढुंगा राखेर बोलिने कुरा हो । ईश्वरीले पनि त्यही बोलेकी हुन् ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!