Monday, January 25, 2021
Home > भिडियो > हिन्दु-मुश्लिमको प्रेमलाई परिवारले नस्विकार्दा .. (भिडियो सहित)

हिन्दु-मुश्लिमको प्रेमलाई परिवारले नस्विकार्दा .. (भिडियो सहित)

पछिल्लो समय समाजसेवा संगै कलाकारितालाई पनि संगै अघि बढाईरहेका शिशिर भण्डारी अभिनित अर्को एउटा गीतको भिडीयो सार्बजनिक भएको छ । समाजसेवामा तल्लिन उनको हाल म्युजिक भिडियो सार्बजनिक हुने क्रम बाक्लिदो रहेको छ । यस्तैमा गायक तिलक बस्नेत र गायिका कल्पना पाण्डेको स्वरमा सजिएको गीत ‘बाधि राखन’ मा पनि उनि देखिएका छन् ।

सो गीतको भिडियो हालै युट्युबमा सार्वजनिक भएको छ । बुधवार शिशिरकै नयाँ नयाँ न्युज नेपाल नामक युट्युब च्यानल मार्फत गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यसअघि ‘रनभुल्’ ‘माया पिरिम’ लगायत थुप्रै गीत गाएर चर्चामा आएका गायक बस्नेतको नयाँ गीतमा प्रकाश न्यौपानेको शब्द रहेको छ भने गायक बस्नेतकै संगीत रहेको छ ।

गीतको भिडियोमा भण्डारीलाई रोशनी कर्किले अभिनयमा साथ् दिएकी छन् । यसैगरी, रमेश सेन्चुरीले एरेन्ज गरेको यस गीतलाई सिर्जन बरालले निर्देशन गरेका छन् । भिडियोको छायाकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईको रहेको छ ।

केहि समय अगाडी भण्डारीको लेखन तथा अभिनय रहेको गीत ‘फोटो फिरिममा’ मेल तथा फिमेल भर्सनले ब्यापक सफलता बटुलेको थियो । हेर्नुस भिडियो यस्तो बनेको छ ।

हेर्नुहोस भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!