Sunday, January 24, 2021
Home > समाचार > बाबुले अल्पायुमा नै संसार छाडे, आमाले दुवै आँखा देख्दिनन्, यी साना नानीबाबुहरु जस्ले खाना नै पाउँदैनन्, यस्तो विपत कसैलाई नपरोस्

बाबुले अल्पायुमा नै संसार छाडे, आमाले दुवै आँखा देख्दिनन्, यी साना नानीबाबुहरु जस्ले खाना नै पाउँदैनन्, यस्तो विपत कसैलाई नपरोस्

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नं. १ मा रहेको दांसिग गाउँमा बस्छिन् कान्छिमाया तामांग । कान्छिमाया एक दृष्टिबिहीन महिला हुन् । उनले दुवै आँखा देख्न सक्दिनन् । जन्मदै उनको आँखाको ज्योति थिएन । सानैबाट संसारको उज्यालो देख्न नसकेकी कान्छिमायाको तीन सन्तान छन् । तीनैजना उत्राउत्रै जस्तै देखिन्छन् । ती आफ्नी तीन सन्तानलाई कान्छिमायाले एक्लैले हुर्काउँदै छिन् । तर कसरी ? भन्ने प्रश्न आउँछ ।

आफु आँखा देख्न नसक्ने । श्रीमानले पनि आफु र छोराछोरीसंगै यो संसार छाडेको झण्डै सात महिना हुन लागेको रहेछ । घर सकुशल भनिएका उनै मात्र थिए रे । उनले पनि यो संसार नै छाडेर गए । श्रीमानले यो संसार छाडेपछि कान्छिमाया पुर्ण रुपले एक्लो हुन पुगिन् । श्रीमानको मृत्युपछि उनको काँधमा घरको र छोराछोरी दुबैको जिम्मेवारी आईलाग्यो ।

उनी भन्छिन्,‘आँखा देख्नि भनेर काम गर्न नसक्ने भन्दै कसैले काम पनि दिंदैनन् । यिनीहरुलाई कस्ले दिन्छ खाना खुवाउनु ? म आँखा देख्न सक्दिन । गाह्रो छ ।’ कान्छिमायाको यो कुराले मन भारी बनायो । उनले यो कुरा सजिलै हाँसी हाँसी सुनाईन् मानौं कि उनलाई असहज भन्ने भएकै छैन ।

सायद हुन सक्छ आफ्नो दुःख अरुलाई देखाउन र सुनाउन चाहिनन् कान्छिमायाले । उनको भनाई अनुसार उनका छोराछोरीले ननुहाएको थुप्रै भयो । कस्ले नुहाँईदिने ? उनले आँखा देख्न सक्दिनन् । आँखा देख्न सक्नेहरु न उनको घरमा आउँछन् न त उनी र उनका छोराछोरीलाई सहयोग गर्छन् ।

जन्मदै उनको आँखाको ज्योति थिएन । सानैबाट संसारको उज्यालो देख्न नसकेकी कान्छिमायाको तीन सन्तान छन् । तीनैजना उत्राउत्रै जस्तै देखिन्छन् । ती आफ्नी तीन सन्तानलाई कान्छिमायाले एक्लैले हुर्काउँदै छिन् । तर कसरी ? भन्ने प्रश्न आउँछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!