Sunday, January 24, 2021
Home > भिडियो > पशुपतिमा शव ब्यबस्थापन गरेर चर्चामा आएका बिनयजंगसंगको सम्बन्ध र बिहे बारे पहिलो पटक खुलेरै बोलिन् सुन्दरी पुजाले (भिडियो)

पशुपतिमा शव ब्यबस्थापन गरेर चर्चामा आएका बिनयजंगसंगको सम्बन्ध र बिहे बारे पहिलो पटक खुलेरै बोलिन् सुन्दरी पुजाले (भिडियो)

काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको विषयले चर्चा पाई रहेको छ । विनय र पुजाको विबाहको विषयमा यी दुवैले खुलेरै कुरा गर्न थालेका छन् । एउटै क्षेत्र अनि एकअर्कालाई एउटै मन भएर बुझेको दाबी गर्दै यी दुवैले एकअर्कालाई आफ्नालागी योग्यको ठानेका छन् । पुजा बाँकेकी हुन् । उनी पनि बेवारिसेहरुलाई जिल्लास्तरमा व्यवस्थापन गर्ने काममा लागेको हुनाले यी दुवैको भेट भएको थियो ।

पुजाले जिल्लामा साथीहरुसंगको सहकार्य र सहयोगमा थुपै्र बेवारिसेहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएकी छन् । तीनै पुजालाई विनयले मन पराएको कुरा पुजाले थाहा पाएपछि सानो जात र ठूलो जातको विषयमा पनि यी दुवैले निकै नै छलफल गरेका रहेछन् । पुजा आफु सानो जातको भएको हुनाले विनयलाई यो विषयमा सोँच्न भन्दा विनयले आफुलाई जातको विषयमा आफुले कसैलाई पनि भेदभाव नगर्ने बताएको हुनाले विनयसंग विबाहकोलागी राजी भएको कुरा पनि पुजाले सुनाईन् ।

पुजाको भनाई अनुसार विनयजंगसंग विबाह गर्नकोलागी उनको परिवारले उनलाई स्वीकृती दिएका छन् । परिवारको सल्लाहमै विनयले पनि पुजालाई विबाह गर्न लागेको कुरा पुजाले बताईन् । एउटै क्षेत्र भएको हुनाले आफुलाई पनि विनयसंग विबाह गर्न सजिलो भएको कुरा पुजाले सुनाईन् ।

शुरुमा विनयले प्रस्ताव राख्दा पत्यार नलागेपनि पछि विनयले साँच्चै नै आफुलाई माया गर्ने कुरा गरेको बताएपछि विश्वास लागेको हुनाले विबाह गर्नकोलागी आफु राजी भएको उनले सुनाईन् ।

भिडियो:

यो पनि पढ्नुहोस्

एउटै भिडियो खेलेको लाख भन्दा बढी रकम लिँदै आएका पल शाहले काठमाडौँमा घर किन्दै

काठमाडौं- नायक पल शाहले घर किन्ने भएका छन् । उनले यसका लागी बैना गरिसकेको र घर किन्ने पक्का जस्तै भइसकेको बताएका छन् । एक अन्र्तवार्तामा उनले घर किन्नका लागी बैना गरिसकेको बताएका हुन् ।

उनले सपनको घर किन्न लागेको भन्दै खुशी समेत व्यक्त गरेका छन् । यद्यपी उनले घरको मूल्य भने खुलाएनन् । उनले घर किन्ने भएपछि नायिका पुजा शमाले पल शाहलाई बधाइ दिएकी छन् ।

पल शाह पछिल्लो समय म्युजिक भिडियोमा अत्यन्तै व्यस्त रहेका छन् । कोरोना सुरु भएपछि लकडाउन यता मात्रै उनले म्युजिक भिडियो खेलेरै ३ करोड कमाएको समाचार बाहिर आएको थियो । पल अभिनित पछिल्लो फिल्म म यस्तो गीत गाँउछु हो जुन प्रर्दशनको तयारीमा रहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!