Saturday, January 16, 2021
Home > समाचार > रंगेहात यस्तो अवस्थामा नेपालीसहित एक भारतीय थानकोटबाट समातिए !

रंगेहात यस्तो अवस्थामा नेपालीसहित एक भारतीय थानकोटबाट समातिए !

काठमाडौं ।

रंगेहात एक भारतीय नागरिक समातिएका छन् । थानकोट प्रहरीले एक जना भारतीय नागरिकलाई समातेको हो । उनको साथबाट १ करोड ४७ लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भारतीय नागरिक ३० वर्षीय अमितकुमार गुप्तालाई कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट पक्राउ गरिएको हो ।

उनी सवार गाडी चालक नेपाली नागरिक २२ वर्षीय संगम थारुलाई पनि पक्राउ गरिएको छ । गाडीमा राखिएको झोला खानतलासी गर्दा स्रोत नखुलेको उक्त रकम भेटिएको प्रहरीले जानकारी दिएको छ । दुवै जनालाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीको तयारी रहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!