काठमाडौं । रत्नपार्कको व्यस्त सडकमा हिड्दै गर्दा मेरो आंखा एक मनै रुवाउने दृश्यमा गयो । रत्नपार्कको अगाडि गेटमा मान्छेहरुको भिड थियो र त्यहि भिडको अगाडि ५ बर्षको बाबु माईक समातेर गीत गाउंदै थिए । छेउमै सानो बाबुको आमा र बुवा थिए । बुवा दृष्टिबि’हिन थिए भने आमा सकुशल देखिन्थिन् ।
सानो बाबुको गीत सुनेर समय समयमा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अगाडी रहेको एउटा भाडोमा खसालिदिन्थे । निकै मिठो स्वर भएका यि बाबुको नाम हो बसन्त लामा । ५ बर्षकै उमेरमा यति मिठो गीत गाउने बाबुको एउटै सपना छ, ठुलो भएर देशले चिन्ने र सबैले चिन्ने गायक बन्ने ।
बसन्तको बुवा आमा पहिले देखि नै यसरी सडकमा गीत गाउंथे । हातमा समस्या भएपछि अरु काम गर्न नसक्ने बसन्तको आमाको स्वर पनि उत्तिकै मिठो छ । दिनभरी खाजा पनि नखाई गीत गाउँछन् । यसैबिच कलाकार तथा संचारकर्मी शिशिर भण्डारी रत्नपार्क पुगे र बसन्त र उनको परिवारको कथा सबै माँझ ल्याए ।
यो परिवारको कथाले सबैको मन जित्यो र शिशिरले यो परिवारको गीत रेकर्ड गरिदिए र भिडियोको साथमा ल्याए । रचना रिमाल र कुमार अभिको पनि आवाज रहेको गीत यतिबेला चर्चामा छन् । गीतले सबैलाई रुवाएको छ ।
गीतको भिडियो हेर्नुस: