Tuesday, January 26, 2021
Home > जीवनशैली > मसानघाटमा बस्ने यी नौजवान युवा, जस्को उदेक लाग्दो कथा छ, भन्छन्,‘सीप छ जाँग छ तर काम छैन’ (भिडियोसहित)

मसानघाटमा बस्ने यी नौजवान युवा, जस्को उदेक लाग्दो कथा छ, भन्छन्,‘सीप छ जाँग छ तर काम छैन’ (भिडियोसहित)

काठमाण्डौ । मसानघाटको छेउमा एउटा कम्बलको साहारामा एक पुरुषले आफ्नो दिनरात बिताई रहेका छन् । त्यो खुला आकाश अनि फराकिलो धर्ती मात्रै उनको घर बनेको छ । यो चिसो मौसममा उनी बस्ने घर र ओत लाग्ने छानो केवल उनीसंग भएको एउटा कम्बल मात्र हो । भन्छन्,‘जिन्दगी बाध्यताको बनिदिएको छ ।’ बाध्यताको अगाडी मानिसको केही लाग्दैन भन्ने भनाई ती पुरुषको कहाली लाग्दो जीवन कथा सुन्दा थाहा हुन्छ ।

मनोहरा खोलाको छेऊमा मरेका मानिसहरुलाई गाड्ने च्यान घारी छ । त्यही च्यान घारीको बीचमा बस्दै आई रहेका ती पुरुष हुन् अर्जुन लामा । अर्जुन बसेको ठाउँमा रातदिन निरन्तर सुस्ताउँदै बगिरहने मनोहरा खोला बगिरहेको छ । थाहा छैन उनी पनि कुन दिन त्यही खोलामा सधैंकालागी बग्ने छन् ।

तर अहिले उनी त्यही खोलाको रखवाला गरेजस्तो गरी बसी रहेका छन् । वर्षले जम्मा २७ लागेका अर्जुन भन्छन्,‘पैसा भएको हुनाले म यो ठाउँमा बसेको हुँ ।’ कसरी उनको यो अवस्था भयो भनेर सोध्दा उनी भन्छन्,‘पहिला वाल पेन्ट गर्ने काम गर्थें । पछि बालुवा बोक्ने काम गर्थें ।

जब त्यो काम पनि पाउन छाडें । तब मेरो यो अवस्था भयो ।’ अर्जुनको श्रीमती पनि छिन् । तर श्रीमती भएको ठाउँमा जान मन लाग्दैन भन्छन् उनी । सायद उनको आफ्नै केही व्यक्तिगत कारण हुन सक्छ । खोलाको एउटा छेउमा भएको झाडी भित्र बस्दै आएका देशका एक होनहार युवा अर्जुन लामाको विरहको कथा उनैको मुखबाट सुनौं ।

भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!